Comments Add Comment

अब मोबाइल एपले नै जाँच्नेछ ब्लड सुगर, रगत निकाल्नै नपर्ने


बेलायती वैज्ञानिकहरुले एउटा यस्तो स्मार्टफोन एप्लिकेसन बनाएका छन् जसले ब्लड सुगरको जाँच गर्नेछ । रगतको थोपा नै ननिकाली ब्लड सुगरको जाँच गर्ने उक्त स्मार्टफोन एप एउटा यस्तो आविष्कार हो, जसबाट मधुमेहपीडित तथा मधुमेहको जोखिममा रहेका मानिसहरुको जीवनमा ठूलो परिवर्तन आउने विश्वास गरिएको छ ।

यस एपको नाम एपिक हेल्थ राखिएको छ । यसले मधुमेहको जाँच गर्ने मानिसहरुमा औँलामा सुई लगाएर रगतको थोपा निकाल्ने झण्झट हटाइदिनेछ । यसमा विरामीले आफ्नो औँलामा क्यामराको लेन्स राख्नुपर्नेछ । त्यसपछि यो एपले औँलाको स्क्यान गरेसँगै प्रयोगकर्ताको मुटुको दर, शरीरको तापक्रम तथा रक्तचापको जाँच गरेर जवाफ दिनेछ ।

यस एपका संस्थापक डोमिनिक उडले यो एपले मानिसहरुको केबल ब्लड सुगर लेभल मात्र नभइ मधुमेहको जोखिममा रहेका मानिसहरुलाई पनि सतर्क बनाउनेछ । मधुमेहको जोखिम बढिरहेको अवस्थाका मानिसहरुलाई समयमै सतर्क बनाएर यसले रोग लाग्नबाट समेत बचाउन सहयोग गर्नेछ ।

यो एपले मानिसको इन्सुलिन हर्मोनको प्रतिरोधी लेभलको पनि जाँच गर्नेछ । जसले मधुमेहको खतरालाई सुरुमै आँकलन गर्न सकिनेछ ।

पछिल्लो तीन वर्षदेखि वैज्ञानिकहरुले यो एप बनाउने प्रयास गरिरहेका थिए । आउँदो केही महिनामै यो एपलाई चिकित्सा परीक्षणमा लगिनेछ ।

यो वर्षको अन्त्यसम्ममा एपस्टोरमा डाउनलोड गर्नका लागि यो एप पूर्णरुपमा उपलब्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment