Comments Add Comment

एमाले र राप्रपाबीच वार्ताः कमल थापालाई संशोधनको विपक्षमा तान्ने प्रयास

२७ असार, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गरेको छ । सरकारले संविधान संशोधन विधेयक अघि बढाउने तयारी गरिरहेका बेला एमाले र राप्रपा नेताहरुबीच छलफल भएको हो ।

एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा संविधान संशोधनबारे छलफल भएको छ ।

एमालेले संशोधन प्रस्तावको विरोध गर्दै आएको छ । मंगलबार मात्र तीन दलको बैठकमा पनि एमालेले सबै चुनावपछि मात्र संशोधनबारे छलफल गर्न सकिने बताएको थियो ।

एमाले निकट स्रोतका अनुसार यो छलफल राप्रपालाई संशोधनको विपक्षमा ल्याउने प्रयासमा भएको हो । सरकारले भने संशोधनमा सहयोग गर्न राप्रपालाई आग्रह गरेको छ । तर, राप्रपाले संशोधन प्रस्तावबारे निर्णय गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment