Comments Add Comment

कांग्रेस नेता निधिले भने- संशोधन प्रस्ताव अघि नबढ्ने भयो

२७ असार, काठमाडौं । सरकारले संसदमा विचाराधीन संविधान संशोधन अघि नबढाउने तयारी गरेको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेले समर्थन नगर्ने र एमाले विना दुई तिहाई नपुग्ने देखेपछि संशोधन अघि नबढ्ने अवस्था आएको कांग्रेस नेता विमलेन्द्र निधिले बताए ।

मंगलबार बसेको तीन दलको बैठकमा एमालेले संशोधनमा समर्थन नगर्ने बताएको थियो । उसले सबै चुनाव सकेपछि मात्र संशोधनबारे छलफल गर्ने प्रस्ताव राखेको छ ।

कांग्रेस नेता निधिले ट्वीट गरेका छन्, ‘संविधान संशोधनमा एमालेले समर्थन नगर्ने र दुई तिहाई नपुग्ने भएपछि उक्त संशोधन प्रस्ताव हाललाई अघि नबढ्ने भो ।’

उनका अनुसार अब यसबारे राष्ट्रिय जनता पार्टी नेपालसँग आजै छलफल गर्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment