Comments Add Comment

‘सायद २’ले प्रेममा पीडा पनि हुन्छ भन्ने कथा भन्छः सुशिल श्रेष्ठ


असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सायद २’लाई लिएर नायक सुशिल श्रेष्ठ उत्साहित छन् । सुशिलका लागि यो चलचित्रको व्यापार महत्वपूर्ण पनि छ ।

चलचित्र ‘सायद’ले लागूपदार्थ दुव्र्यसनिको कथालाई उठान गरेको थियो । तर, यसले माया र विछोडको कथालाई उठान गरेको सुशिल बताउँछन् । सुशिलले अनलाइनखबरसँग भने-‘यो चलचित्रले लभ, एक्सन, विछोड, पीडाको कथा भन्छ । ‘सायद’ भन्दा यसको कथा विल्कुल फरक हो । लभले खुशी मात्र होइन पीडा पनि दिन्छ भन्ने कथालाई यसले उठान गरेको छ ।’

चलचित्रका केही एक्सन दृश्यका कारण ‘पीजी सर्टिफिकेट’ पाएको सुशिलको भनाई छ । उनले यो चलचित्रमा सबैले निकै मिहिनेतले काम गरेको सुनाए । यो चलचित्रमा आफू ‘प्लेब्वाइ’ क्यारेक्टरमा रहेको उनले सुनाए ।

उनले भने-‘यो चलचित्र हेर्दा दर्शकलाई आफ्नै कथा हो भन्ने महशुश हुन्छ । यसैले पनि दर्शक चलचित्रमा सहजै तरिकाले भिज्न सक्नुहुन्छ ।’
‘सायद २’को चर्चाबाट आफू सन्तुष्ट रहेको सुशिलको भनाई छ । अहिले दर्शकले नै चलचित्रको प्रचार गरिरहेको उनले बताए ।

तपाइलाई ‘सायद’को ब्रान्डको चुनौती कती छ भन्ने प्रश्नमा उनले भने-‘मुख्य कलाकार भएका कारणले पनि मलाई चुनौती त छदै छ । अघिल्लो चलचित्रले राम्रो व्यापार गरेकाले पनि यसले सफलता पाउन जरुरी छ । तर, म दर्शकलाई ‘सायद’ जस्तै संझेर ‘सायद २’ हेर्न नआउन आग्रह गर्दछु । यसमा विल्कुल फरक कथा उठाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment