Comments Add Comment

माइक्रोसफ्टले बन्द गर्यो विन्डोज स्मार्टफोन अपरेटिङ सिस्टम


सफ्टवेयर जाएन्ट माइक्रोसफ्टले आफ्नो विन्डोज फोन अपरेटिङ सिस्टमबाट हात झिकेको छ । माइक्रोसफ्ट सपोर्ट पेजमार्फत उसले विन्डोज फोन अपरेटिङ सिस्टम बन्द गरेको पुष्टि गरेको हो ।

यो घोषणासँगै विन्डोज फोन अपरेटिङ सिस्टममा अब कुनै सेक्योरिटी तथा टेक्निकल अपडेट प्राप्त हुने छैनन् ।

सन् २०१४ मा विन्डोज फोन ८.१ अपरेटिङ सिस्टम लञ्च गर्ने क्रममा माइक्रोसफ्टले आगामी तीन वर्षसम्म अपडेट सपोर्ट प्रदान गर्ने प्रष्ट पारेको थियो । विन्डोज फोनका प्रयोगकर्ता निकै कम भएसँगै ऊ आफ्नो अपरेटिङ सिस्टम बन्द गर्ने निधोमा पुगेको हो ।

माइक्रोसफ्टले गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमसँग टक्कर लिनेगरी सन् २०१० मा पहिलोपटक विन्डोज फोन सेभेन अपरेटिङ सिस्टम लञ्च गरेको थियो । तर सुरुदेखि नै विन्डोज अपरेटिङ सिस्टम प्रयोगकर्ताको आकर्षणमा पर्न असफल भयो ।

त्योसँगै धेरै एपहरुले विन्डोज अपरेटिङ सिस्टम सपोर्ट गर्न छाडे । हालै ह्वाट्सएपले समेत विन्डोज फोनमा सपोर्ट बन्द गर्ने घोषणा गरेको थियो । ह्वाट्सएपका फिचरहरु सपोर्ट गर्ने खालका क्षमता विन्डोज अपरेटिङ सिस्टममा नरहेको उसको भनाइ थियो ।

गत मार्चदेखि फेसबुकको मेसेन्जर एप पनि विन्डोज ८.१ अपरेटिङ सिस्टमवाला फोनमा चल्न छाडेको थियो ।

एक तथ्यांक अनुसार, ८० प्रतिशत विन्डोज फोनमा विन्डोज ८.१ अपरेटिङ सिस्टम रहेको छ । पछिल्लो समयमा विन्डोज अपरेटिङ सिस्टमको बजार हिस्सा घट्दै गएको छ । अझ विन्डोज अपरेटिङ सिस्टम सपोर्ट नगरेसँगै विन्डोज १० मोबाइल समस्यामा पर्ने देखिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment