Comments Add Comment

शरीरमा ग्लुकोज मात्रा पत्ता लगाउने मोबाइल फोन नेपालमा

२९ असार, काठमाडौं । मोबाईल फोनहरुमा हुने उत्कृष्ट श्रेणीको बिशेषताहरु सहित नेपाली मोबाईल बजारमा ओटो फोन आएको छ । ओटो रियोमा रहेको विशेषताहरुले गर्दा नेपाली उपभोक्ताहरुले यस फोनलाई अत्याधिक मन पराएका छन् ।

यसमा रहेको पि्रमियम कर्भ डिस्प्ले ग्लास, आकर्षक कि-प्याड बटन, आनन्दमय साउन्ड एम्प्लीफायर तथा स्मार्ट बटनस् । ओटो रियोले सुविधा युक्त फोनका प्रयोगकर्ताहरुलाई विभिन्न प्रकारको अनुभव प्रदान गर्दछ । नेपाली बजारमा ओटो फोनलाई रुचाईए पश्चात ओटोले बिशेष प्रोडक्ट भित्राएको छ ।

ओटो चेकर ओटो फोन अन्तर्गतको पहिलो यस्तो नयाँ प्रकारको फोन हो । यसमा रहेको जस्तो थप विशेषताहरु अन्य मोबाईलहरुमा पाउन सकिँदैन । बायोल्यान्ड टेक्नोलोजिद्वारा सहनिर्माण गरिएको र यसमा रहेको बिशेष डिजाईनमा बनेको ग्लुको मिटरले शरिरमा रहेको ग्लुकोजको मात्रा पत्ता लगाउन मद्धत गर्दछ ।

यो संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधी संघद्वारा प्रमाणित गरिएको छ । बायोल्यान्डद्वारा निर्मित उक्त बिशेष किट ओटो चेकरमा उपलब्ध छ । जसमा ल्यान्सिङ यन्त्र, ल्यान्सेन्ट, ग्लुकोज टेस्ट स्ट्राइप तथा प्रयोग गर्ने विधिको बारेमा जानकारी दिइएको छ ।

यसमा रहेको पेडो मिटरले पैदल यात्रागर्दा कति दुरी कति पाईलामा पार गर्‍यो भन्ने जानकारी गराउन मदत गर्दछ ।
यसमा फेसबुक चलाउने उपभोक्ताहरुलाई लक्षित गरी डेडिकेटेड फेसबुक एपलिकेशन राखिएको छ । यो सुविधा यसमा बाहेक यहि वर्गको अन्य मोबाइलमा कमै पाईन्छ ।

रेडियो र संगीत प्रेमिहरुका लागि यस मोबाइलले थप डेडिकेटेड के-पावर एम्प्लीफायर चिपसेट राखेको छ । यो फोन तीन विभिन्न कलरहरुमा उपलब्ध छ भने यसको तौल जम्मा ११९ ग्राम रहेको छ ।

जयमा इन्टरकन्टिनेन्टल प्रालि ओटो फोनको लागि नेपालको एकमात्र आधिकारिक विक्रेता हो । जेआईपिएलको मुख्य उद्देश्य भनेकै नविनतम र उत्कृष्ट उपकरण तथाउत्तम सेवाहरु सूपथ मुल्यमा उपभोक्तामाझ ल्याइपुराउनु रहेको कम्पनीले जनाएको छ ।

आम उपभोक्ताहरुलाई उचित मूल्यमा उत्कृष्ट तथा नविन प्रविधि प्रदान गर्ने उद्देश्यका साथै आˆनो प्रोडक्टहरुमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता कम्पनीले गरेको छ ।

कम्पनीको मुख्य लक्ष्य नै सर्वसाधरण सामु उत्कृष्ट सेवा प्रदान गर्नु रहेको र काठमाण्डौंस्थित सिभिल मलमा दशैं, तिहार अघि सेवा केन्द्र सुचारु गर्ने लक्ष्य बोकेको जनाइएको छ ।

‘एक उच्चस्तरको व्यक्तिगत डिजिटल इलेक्ट्रोनिक ओटो, जसको उद्देश्य भनेको आफ्नो ग्राहकहरुलाई नविन प्रविधिद्वारा उत्पादित मोबाईलहरु निरन्तररुपमा उचित मूल्यमा उपलब्ध गराउनु हो । २१ औं शताब्दीको उपभोक्ताहरुको इच्छा र चाहनाअनुसार सिंगापुरमा डिजाईन गरिएको गुणस्तरयुक्त उत्पादनको सेवा नेपाली आमउपभोक्ताहरुलाई दिन पाउँदा ओटो गर्व गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘ ओटोले बिक्रि पश्चात दिईने सेवालाई एकदमै इमानदार तथा होसियारका साथ ध्यान दिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment