Comments Add Comment

शहरका चोकचोकमा भानुभक्त ! (फोटो फिचर)

२८ असार, काठमाडौं । भनिन्छ, आदिकवि भानुभक्तले ‘नाम् केही रहोस् पछि भनी’ घाँसीबाट प्रेरणा लिएका थिए । आज २ शताब्दीपछि पनि उनको ‘नाम’ स्मरण गर्दै आएको छ, नेपाली समाजले । खासगरीे भानु जयन्तीमा देखिने तामझामले भानुभक्तलाई व्युँत्याएको भान हुन्छ, बर्षैपिच्छे ।

भानु जयन्ती बकाइदाको हुनेगर्छ । यस अवसरमा बालबालिकालाई भानुभक्तको ‘गेटअप’मा दुरुस्तै उतारिन्छ । हातमा रामयण थमाइन्छ । लाग्छ, आदिकवि ‘कान्तिपुरी नगरी’ सयर गर्न आइपुगेका छन् ।

भानुभक्तलाई सम्झनका लागि काठमाडौंमा मात्र होइन, देशभर र विदेशमा समेत यस्तै काइदा अपनाइने गर्छ । यो तामझामले भानु जयन्तीको रौनक अरुभन्दा भिन्न हुनेगर्छ ।

आज भानु जयन्ती । चोक-चोकमा दौरा-सुरुवाल, कालो बिर्खे टोपी र सेतो पटुकीमा चिरिच्याट्ठ रामायणधारी भानुभक्तहरु निस्किएका छन् । भानुभक्त र घाँसीको प्रेरणादायी कथा स्मरण गराउने र्‍यालीले भानुजयन्तीलाई शोभयामन तुल्याएका छन् ।

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन्, भानुभक्त जसले वाल्मीकि रामायणलाई अनुवाद गरेका थिए । भानुभक्तका प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा कृतिहरु चर्चित छन् । उनको जन्म तनहुँको रम्घामा भएको थियो, आजभन्दा २ सय ३ बर्षअघि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment