Comments Add Comment

संविधान संशोधनमा सरकारको दोहोरो चरित्रः पोखरेल

२९ असार, काठमाडौं । एमालेका नेता शंकर पोखरेलले सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाउन नचाहेको आरोप लगाएका छन् । संविधान संशोधनको बिषयमा सरकारले दोहोरो चरित्र देखाएको उनले आरोपसमेत लगाए ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता पोखरेलले सत्ताका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुसँग चुनावपछि मात्रै संविधान संशोधन प्रस्ताव दर्ता गराउने र राष्ट्रिय जनता पार्टीसँग तत्काल संविधान संशोधन गरेर मात्रै चुनावमा जाने सहमति गरेर दोहोरो चरित्र देखाएको आरोप लगाए ।

मञ्चमा आसिन राजपा नेता लक्ष्मणलाल कर्णलाई तर्फ फर्केर हेर्दै नेता पोख्रेलले सत्तापक्षलाई प्रश्न गरे, ‘हाम्रा माग पूरा गर्दा लक्ष्मण जीहरुलाई घात गर्‍या ठहर्छ । लक्ष्मण जीका माग पूरा गर्दा हामीसँग घात गर्‍या ठहर्छ यस्ता काम किन गर्‍या ?’

प्रधानमन्त्री को प्रति इमान्दार हुने भनेर प्रश्न गर्दै उनले भने, ‘एउटा पक्षप्रति बेइमानी हुने त निश्चितै छ । दुबैपक्षसँग इमान्दार बन्ने कुनै सम्भाबनै देख्दिनँ म ।’

आफूहरु संविधान संशोधनको विपक्षमा रहेको नेता पोख्रेलले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment