सोमबार, ९ असोज, २०७४
OnlineKhabar.com

केपी ओलीका चार रुपः बाबुसाहेब, पण्डित, साहुजी र दलित !

'दुर्गानन्द झालाई शहीद घोषणा गर्ने कसरी मधेसविरोधी हुन्छ ?'

अनलाइनखबर

२९ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली रमाइला नेता हुन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले टोपी लगाइने फरक-फरक शैलीकै आधारमा नेपाली समुदायमा कसरी जात छुट्याउने कुप्रथा थियो भन्ने उदाहरण प्रस्तुत गरे । ओलीले विभिन्न जातिको जस्तो देखिने गरी अभिनय नै गरेपछि कार्यक्रममा हाँसो छायो ।

‘नेपालमा केही वर्षअघिसम्म टोपी लगाएर मान्छेको जात र हैसियत थाहा हुन्थ्यो’ ओलीले भने- म बाहुनको छोरो, मैले यसरी (अभिनय गर्दै) टोपी लाउनु हुदैनथ्यो, यसरी टोपी निधारको तलसम्म (आँखीभुइँ छोपिने गरी) लगायो भने त्यो बाबु साहेब, काजीसाहेब हुन्थ्यो । बाबु साहेब भनेर नमस्कार गर्नुपथ्र्यो ।’

ओलीले अगाडि भने- ‘टोली अलि माथि लगायो भने बाहुन पण्डित हुन्थ्यो । ए पण्डित बाजे भनेर बोलाइन्थ्यो । अलि माथि लगायो भने व्यापारी साहुजी हुन्थ्यो । अनि कच्याक कुच्चुक पारेर लगायो भने दलित भनेर बुझिन्थ्यो । उसलाई ओइ तेरो घर कता भनेर बोलाइन्थ्यो । यसरी टोपी लाएका भरमा मान्छेलाई व्यवहार गरिन्थ्यो ।’

भूमिजा मानव अधिकार मञ्चले विहीबार ओलीलाई मधेसबारे मन्थन गर्ने मञ्च दिएको थियो । यसक्रममा ओलीले करीव सवा घण्टाको प्रवचन दिए ।

एमाले अध्यक्ष ओलीले नेपाली समाजमा टोपीको उदाहरण दिनुभन्दा पहिले भारतीय समाजको कुरो गरे । उनले भारतको उदाहरण दिँदै यसो भने-
‘दक्षिण भारतमा जाँदा मैले दुईथरी मान्छे देखेँ । एउटाले गम्छा काँधको दुवैतिर पारेर भिरेको थियो । अर्कोले काँधको एकातिरमात्रै झुण्ड्याएको थियो । मैले यो के हो भनेर सोधेँ । त्यहाँ मलाई भनियो- दुईतिर पारेर गम्छा लगाउने धनी हो, एकातिर पारेर लगाउने दलित हो ।’

भिडियो

भारतको उदाहरण दिनेक्रममै ओलीले नेपालको मधेसी समाजको लामो विश्लेषण गरे । कार्यक्रममा उनले मधेसबारे बोलेका कुराहरुको सारसंक्षेप यस्तो थियो-

मधेससँग एमालेको सम्बन्धबारे जसले जति भ्रम छरे पनि इतिहासले सत्य बोल्छ । आज बिभिन्न भ्रम छर्ने प्रयास भइरहेका छन् । तर एमाले भनेको मधेसमा जन्मिएको पार्टी हो । मधेसमा सबैभन्दा पहिलो किसान आन्दोलन गर्ने पार्टी हो । मधेसमा ‘रे नही जी कहो’ आन्दोलन चलाएका हौं हामीले ।

अहिले पनि तराई मधेसमा रे वाला सामन्तहरुले आम मधेसीमाथि दमन चलाइरहेका छन् । हामी जी कहो भन्छौं, रे भन्नेहरुले एमाले मधेस विरोधी हो भन्छन् त्यसैले । मधेसमा अहिले पनि दमनकारी र दमित समुदायको विभेद छ । दमनकारीले दमितहरुलाई हामी विरुद्ध प्रयोग गर्छ बेला बेला ।

एमालेले तराईका गरीव दलितहरुमाथि दमन गर्नेहरुलाई नियन्त्रण गर्नुपर्छ भन्छ । उनीहरुका विरुद्ध संघर्ष गर्छ । तर, कहिले काहीँ तिनीहरुले तिनै दमितलाई प्रयोग गरेर हाम्रा बिरुद्ध जाइलाग्छन् । अस्ति राजविराजमै पनि त्यस्तै भयो । हामी विरुद्ध ढुंगा हान्न दमनकारीले दमितलाई प्रयोग गरे । यस्तो किन भयो त भन्दा, तराई मधेस सुगम भएर पनि दुर्गम भन्दा पछि परेको अवस्था छ । विभेद,भेदभाव र दमनका कारण मधेसी जनता पछि परे । त्यो विभेद हिजोको सत्ताले गरेको थियो । तर, अहिलेको संविधानले धारा १६ देखि ४६ सम्म समानताको हक दिएको छ ।

अब ३ वर्षभित्र कानुन बनाएर सबै जनताले राज्यका सबै ठाउँमा समान हक पाउनुपर्छ । नत्र संविधान कार्यन्वयन गर भनेर मधेसका जनताले बोल्नेछन् । संविधानले सिद्धान्तमा अधिकार दियो तर व्यवहारमा मधेसको अवस्था दयनीय किन भयो ? हामीले सोच्नुपर्छ ।

ढल्केबरबाट जलेश्वर जान खोज्यो भने रोडको अवस्था नाजुक छ । हरिवनबाट मलंगवा जाने अवस्था छैन । रौतहट जस्तो सुगम जिल्लामा साक्षरता प्रतिशत बाजुरको भन्दा कम छ । ३२ प्रतिशत महिला निरक्षर छन् ।

सिंगै डोम समुदायको साक्षरता प्रतिशत जम्मा २० प्रतिशत छ । मधेसको ठूलो जनसंख्या मुसहरको साक्षरता जम्मा २१ प्रतिशत छ । सामाजिक जागरणको क्षेत्रमा सुगम भएर पनि मधेस यति पछि परेको छ । अब हामीले ३ वर्षभित्रमा जवाफ दिनुपर्छ । किनकि संविधानले शिक्षाबाट कोही पनि बञ्चित हुन पाउँदैन भनेर व्यवस्था गरिसकेको छ ।

तपाईहरुलाई म एउटा उदाहरण दिन्छु, धनुषा जिल्ला सुगम ठाउँ हो । तर त्यहाँ प्रत्येक एक हजार नवजात शिशुमा ७८/७९ को मृत्यु हुन्छ । यो बाल मृत्युदर के कारणले बढिरहेको छ ? यो डरलाग्दो तथ्यांक होइन ? यो जनकपुर धनुषा त्यही भूमि हो, जुन ठाउँमा हलोले खेत जोत्दा बच्चा भेटिन्थ्यो । त्यही ठाउँमा आज घरमा जन्मिएको बच्चाको मृत्युदर डरलाग्दो छ ।

विद्यापतिको पुण्यभूमि आज किन पछि पर्‍यो ?

मानव सचेतनताको क्षेत्रमा पछि परेपछि त्यसको प्रतिबिम्ब विकासमा पर्छ । राजनीतिमा परेको छ । अहिले हेर्नुस् अन्तका जनताले आफ्ना प्रतिनिधि चुनेर गाउँको विकास धमाधम बजेट बिनियोजन गरिरहेका छन् । तर, २ नम्बर प्रदेशका मधेसका जनतालाई आफ्ना प्रतिनिधि चुन्ने अवस्थाबाट बञ्चित गरेको छ, त्यहाँको राजनीतिले ।

संयुक्त राष्ट्रसंघले शान्ति, सम्वृद्धि र समावेशितालाई दिगो विकासको स्तम्भ मानेको छ । समावेशिता भनेको समृद्धिको माध्यम हो । उत्पादनको समान वितरण हुनुपर्छ भन्ने एमालेको मान्यता हो । अधिकार र अवसरको समान उपभोग गर्न देशका सबै नागरिकले पाउनुपर्छ । भौगोलिक दुर्गमता र सामाजिक दुर्गमतालाई समावेशी विकासले समायोजन गर्नुपर्छ ।

आज मधेसको सामाजिक दुर्गमताको वकालत गर्दा एमालेमाथि विभिन्न ठाउँबाट प्रहार भइरहेको छ । तराई मधेस भनेको बिभिन्न सभ्यताको मुहान हो । सातौं शताव्दीमै मिथिला सभ्यता विकास भएको ठाउँ हो । विद्यापति जस्ता महान विद्धानहरुले १४ औं शताव्दीमै त्यहाँ शास्त्रार्थ गर्थे । त्यो पुण्यभूमि, त्यो तपोभूमि आज पछि परेको छ ।

मधेसको यो दुर्गति अब धेरै समय रहन सक्दैन । नेकपा एमालेले अब विशेष पहल गर्न थालेको छ भनेर तपाईहरु बुझ्नुस् । अब मधेस यो अवस्थामा रहन सक्दैन । मधेसको समस्या समाधानका लागि एमालेले विशेष पहल लिएको छ । अब तीब्र बेगमा यसलाई टुंग्याउनुपर्छ ।

तराई मधेसको सामाजिक र पूर्वाधार क्षेत्रमा विकास गर्नुपर्छ भन्दा हामीमाथि मधेस बिरोधीको आरोप लगाइयो । तराईमा सिञ्चाई आयोजनामा बजेट हाल्नु मधेस बिरोधी हो ? तराईका जिल्ला सदरमुकाम जोड्ने सडक बिस्तार गर्नु मधेस बिरोधी कार्य हो ? राजमार्गलाई ६ लेन बनाउनु मधेस विरोधी हो ? २० हजार विपन्नलाई घर बनाउन बजेट दिनु मधेस बिरोधी कार्य हो ? जनकपुरलाई चक्रपथबाट घेर्नलाई काम थाल्नु मधेस बिरोधी हो ? मुसहर र डोमका छोरा छोरीलाई उच्च शिक्षासम्म निःशुल्क शिक्षाको अनिवार्य व्यवस्था गर्नु मधेस विरोधी कार्य हो ? यदि हो भने एमाले यस्ता मधेस बिरोधी काम त गरिरहनेछ ।

एमालेले यति धेरै काम गरेपछि बिरोध गर्ने इस्यु केही नपाएर हामीलाई युपी विहार जा भन्यो, शहीदलाई आँप झरेका भन्यो भन्ने कुप्रचार गरियो । आफ्ना देशका जनतालाई कसैले युपी बिहार जा भन्न सक्छ ? हो, यदि कोही उताबाट आएकाहरुलाई त्यस्तै लाग्यो भने अलग कुरा हो ।

म तपाईहरुलाई भन्न चाहान्छु, तत्कालीन राजतन्त्र विरुद्ध लड्दा २०२० सालतिरै फासीमा चढाइएका मधेसका क्रान्ति योद्धा बेदानन्द झालाई कसैले शहीद घोषणा गरेनन् । दुर्गानन्दलाई शहीद घोषणा गर्न केपी ओली प्रधानमन्त्री बन्नुपर्‍यो । त्यो केपी ओलीले शहीदलाई आँप झरेको भन्न सक्छ ? दुर्गानन्द झालाई शहीद घोषणा गर्ने केपी ओली मधेस बिरोधी ?

तस्वीर/भिडियोः श्रीधर पौडेल/अनलाइनखबर 

२०७४ असार २९ गते १९:१९ मा प्रकाशित (२०७४ असार ३० गते १३:०४मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२४ प्रतिकृयाहरू प्राप्त
  • Madesi kishor लेख्नुहुन्छ    |   २०७४ असार २९ गते २०:२०

    I apperciate the sense of humor and vison of great leader kp oli. Salute you are the man for Nepal.

    142
    29
    Share

  • अनिल लेख्नुहुन्छ    |   २०७४ असार २९ गते २१:०३

    नेता र अभिनेता भनेका परयायवाची हुन भनेर पुष्टि भयो अाज….

    48
    29
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ असार २९ गते २१:०३

    I support your statement about Terai, but other part you must improve quality of speech

    59
    15
    Share

  • R_R लेख्नुहुन्छ    |   २०७४ असार २९ गते २१:४५

    Baru aba raajneeti chhodera baba saba banera prawachan didai hide hunchha..thaha navako kuro kehi chhaina yi ukhaane budalai ..aafai jaanne aafai sunne!!

    23
    81
    Share

  • suva acharya लेख्नुहुन्छ    |   २०७४ असार २९ गते २१:४६

    aba mahile hat kana bata leune

    ki american nai leuruanparyo hoina vaye yahie top ma chita bujane

    3
    7
    Share

  • कमल श्रेष्ठ लेख्नुहुन्छ    |   २०७४ असार २९ गते २२:३३

    अत्ति उत्तम बिचार।हाम्रो जननेताको भासण मन छुने खालको छ।

    83
    28
    Share

  • arun panthi लेख्नुहुन्छ    |   २०७४ असार ३० गते ६:२४

    जातियताकाे कुरा मलाई मन पर्दैन तर

    27
    9
    Share

  • chandra लेख्नुहुन्छ    |   २०७४ असार ३० गते ६:३०

    Vote aayo, KP Oli le Madhes samjhiyo: Dalit, Dum, Musahar ra Sahid samjhiyo!

    20
    34
    Share

  • सिताराम घले पिरयार । लेख्नुहुन्छ    |   २०७४ असार ३० गते ७:२८

    नेकपा एमालेका अध्यक्ष एबम् पूर्ब पर्धानमन्त्रिज्यूले नेपालका दलितले लगाएकाे टाेपि र भारतका दलितले काँधमा राखेकाे गम्छाका विषयमा राख्नुभएको धारणा सहि सत्य छ । बिचरा नेपालका दलितहरूले समाजकाे अावश्यकता परिपुर्तिका लागि दिन रात नभनि काममा खट्दा गर्मि हुन्थ्यो हाेला, चटचट् पसिना अाउँथ्याे हाेला, अिलकति भए पनि टाउमाेमा चिसाे हावाले स्पर्श गराेस् भनेर अाफ्नाे टाेपि टाउकाकाे पछिल्लाे भागतिर ढल्काएर लगाएका हाेलान्, जति काम गरे पनि पेटभरि खान पुग्दैन भनेर जुवामा पैसा हारेकाे जुवाडेले जस्तै चित्त दुखाएर टाेपि पछाडि ढल्काएर लगाएका हाेलान् । भारतका दलितकाे पनि हालत त्यसतै हाे, गर्मि ठाउँ, मरिमरि काम गर्नु पर्छ, अनुहार भरि पसिनै पसिनाले नित्थुक्क हुँदाहुन् अनि त्यही गम्छाले पसिना पुच्दाहुन्,अनि कसरी मिलाई मिलाई दुबैतिर काँधमा राख्थे त ! त्यसैले देश र समाजका व्यक्तिहरूकाे पेशा अनुसारकाे लवाई, खवाई हुन्छ, आफू जिउनका लागि प्रकृति लगायत हरेकसँग संघर्ष गर्नु पर्ने हुन्छ । त्यसैले राज्यका सा्ेर्त र साधन माथि सबै जनताकाे लागि समुचित र न्याायाेचित वितरण हुनुपर्दछ ।

    95
    7
    Share

  • दुर्लभ लेख्नुहुन्छ    |   २०७४ असार ३० गते ८:५९

    Really encouraging speech.

    23
    4
    Share

  • नन्दन लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १०:१०

    के पि साचिकै पढेको जस्तो लागेनन।चार रुप देखाएर केभन्न खोजेको छ।
    दलितहरु तोपिको समान गरेको छैन।सायद सबै दलितको भोट लिएर यस्तो समाननिय जस्तो पद पाएको छो।
    नेपालका दलित हरु गदहा छन।जो मतदाता अधिकारको प्रयोग गर्छन।

    10
    54
    Share

  • sant लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १०:१०

    Ghanta Bikash dine ki adhikaar dine KP jee……Janta bujhane xaga, gaff aaunnana nii

    8
    19
    Share

  • Mukhale लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १०:२४

    Chatake ra Nautanki ma abbal OLI.

    11
    22
    Share

  • सुबोधराज प्याकुरेल लेख्नुहुन्छ    |   २०७४ असार ३० गते ११:२०

    पूर्वाग्रहले ग्रस्त, विद्वताको रोगले थलिएका, झगड़ा नै गर्ने मनसुवाले आएका केहि ब्यक्तिलाई पनि सुनीयो। पत्रकार हुँ भन्नेलाई रिस उठेको रहेछ, गोर्खाली भाषा नभनेर नेपाली किन भनियो? भनेर रन्किए।कति सय वा हजार वर्ष पुरानो कुरा चाहिँ मानिनुपर्ने हो? मधेसी भाषा चाहिँ छ त? मधेस छ? अर्का विद्वानले ६४ जिल्ला घुमेका रहेछन। देशका घरघरमा संगठन पुगेको नेता भन्दा एकाध फन्को लगाएका उनी सबैभन्दा अब्बल आफूलाई ठान्दा रहेछन।
    एउटा कुरा प्रष्ट भयो, मुख्यरुपमा जनता आफ्नो विकाश र सम्मान प्रति यथेष्ट चेतनशील नहुनाले तराई पछाड़ी परेको रहेछ।

    15
    1
    Share

  • Saroj Shrestha लेख्नुहुन्छ    |   २०७४ असार ३० गते ११:३२

    Nepal need a leader like K P OLI. Give him 10 years to develop our country.

    35
    12
    Share

  • मनिष हमाल लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १६:३३

    I’m proud to be kp oli
    and proud to be member of cpn uml

    21
    7
    Share

  • Nabaraj लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते ९:१३

    कप ओली जी पहिले पहिले पनि उहाको भासन सुन्थे तर कसको यानी बिरोदिको खेदो खन्न माहिर सामान्य जनासदरंले बुज्ने अनि हदैसम्मको टुक्का व्यंग्य गर्न माहिर .

    नकाबंदि ६ करिब झेलेपछि भारत भ्रमण जादा जुन हिसाबले उहा प्रस्तुहुनु भयो त्यो सलुत गर्ने लायकको थियो दुइतिन ओत कुरा यहाँ स्मरण गर्छु :
    १)मोदिसंगा भेट हुदा पहिला मोदी हात मिलाउन आत्तुर रहे झैँ हात बताए अनि एकछिन नियाली बल्ल हात दिए २)धकतोपिमा सजिएको शिर सदै उच्चो सानदार ३)मओ लेख्दा जब मोदी कतै हुतिहारा लिखुरे पाराले प्रस्तुत भयो त्यो अनौठो शत थियो.
    आफैले लागेको नाकाबन्दी अप्फैल खोले इंडिया ले
    अनि निरस जनातली दिमागी खुराक दिन माहिर हुनुहुन्छा केपी ओली नाकाबन्दी भर उहाले janatali सपना बढ्नु भयो जस्ता नेपालको पनि जहाज ,घर घरमा ग्यास पइप लइन,बुलेट ट्रेन ,तात्काली नभेनि यो सम्बब नै छ यो जस्तो १९८५ मा नै जिच ले भनेको रैछा नि नेपालमा पानीजहाज कव्ह्रेको दोलालघाट सम्म ल्याउन सकिन्छा /त्यो बेलामा यी कुराले देरै उत्साह भर्न सके.देरैले हावा भने पनि यो सम्बब छ /सपना देख्नुपर्छ हरेक कुरा गर्ने मान्छेले सपना देख्छन सुरुमा त्यो पत्युना गार्हो नै हुन्छा,हावा जे लग्न सक्छ,
    चुनाबमा जुन मत पाए एमाले ले यो त्यहि को परिणाम हो/स्यालुट

    3
    2
    Share

  • resh लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते ११:५८

    पहिला पहिला समाजमा हुने गरेको विभेद कुप्रथाको कुरा गर्दा यहाँ यी कमेन्ट बिधुवन हरुलाई किन पचेन? कसै कसैले त जातिय कुरा गर्यो भन्ने कमेन्ट पनि गरेका छन। हिज यस्तो थियो भनेर ईतिहास पनि सम्झन नपाइने? कति बिधुवन्हरुलाई थहा नै छ होल्ला पहिला काजी मुखिया जिम्मालहरु हुनेथिए उनिहरुले भने अनुसार नै समाज चल्ने थियो, हाम्रै गाउमा पनि ठकुरिहरु देख्यो कि दर्शन गर्नु पर्ने बाहुसाहेप भन्नू पर्ने चलन थियो त,

    2
    1
    Share

  • Abin लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते २२:०४

    I rellay appreciate his sense of humer. Rellay got a hips of knowledge and logic. Deserves Respect.

    12
    3
    Share

  • haha लेख्नुहुन्छ    |   २०७४ साउन १ गते ११:३१

    koi neta thik chiana.. natra nepal yesto hunthiyo?

    2
    2
    Share

  • sameer लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १३:२१

    के पि ओली नेपालको यस्तो समयमा प्रधानमन्त्री बने कि उन्ले आफुलाई लोकप्रिय बनाउने अधिकतम अवसर पाए । यसो भनिरहदा के पनि सत्य हो भने उनी सबैभन्दा निर्मम समयमा प्रधानमन्त्री बनेका थिए । आज उन्को यो लोकप्रियता वा आहारिश वा इस्र्या त्यही समय र कर्मबाट प्राप्त प्रतिफल हुन।

    4
    1
    Share

  • Up लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १३:३०

    Unpadha OLI Sir.Hasyakalakar OLI Sir.Hasyakalakar hunuparne kaha bat neta bhayechhan
    Worthless , value less & priceless gaf of OlI Sir

    2
    6
    Share

  • केके लेख्नुहुन्छ    |   २०७४ साउन १ गते १३:३८

    टुक्कामात्र हैन । विश्लेषण गर्ने क्षमता हेर्नुस केपी ओलीको । खास गरी मधेशी बुद्धिजिव भनाउदाहरुले यो पढनु जरुरी छ ।

    9
    1
    Share

  • Gayatri Khatiwada लेख्नुहुन्छ    |   २०७४ साउन ३ गते ९:५०

    जात अनुसारको लवाइको बिस्लेषण सही सत्य छ । मेरा ८४ बर्षिय बा ले पनि कसले कसरी टोपी लगाउँछन भनेर सुनाउनुहुन्थ्यो , हामी साना हुंदा । तर लवाइको आधारमा बिभेद गरिनु अन्याय हो । तर समाज आज पनि त्यसगरी चलेको छ । जात र लवाइको बिरुद्द होइन बिभेदको बिरुद्दमा लेखौ र बोलौं । अन्याय र शोषणको बिरोध गरौ ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this