Comments Add Comment

नेल्सन सिमेडो बार्सिलोना जाने पक्का

३० असार, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज राइटब्याक नेल्सन सिमेडोलाई भित्र्याउने भएको छ ।

सिमेडोलाई भित्र्याउन बेन्फिकासँग सहमति भएको बार्सिलोनाले घोषणा गरेको छ । बार्सिलोनाले २३ वर्षीय सिमेडोलाई २६ मिलियन पाउण्डमा भित्र्याउन लागेको हो ।

उनले बेन्फिकाबाट २०१५ मा खेलेका थिए र अन्तिम सिजनमा ४६ खेल खेलेका थिए । पोर्चुगलबाट भने उनले मात्र ६ क्याप जितेका छन् ।

सिमेडोले ड्यानी अल्भेसको स्थान लिने बर्सिलोनाको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment