Comments Add Comment

काठमाडौं महानगरको योजनाः ई-ट्वाइलेट बनाउनेदेखि सिटी केबलकार चलाउनेसम्म

३० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम नगर सभामा पेश गरेको छ । मेयर विद्यासुन्दर शाक्यले नगरसभामा पेश गरेको नीति तथा कार्यक्रममा भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङदेखि ई-ट्वाइलेटसम्मका योजना समेटिएका छन् ।

मेयर शाक्यले पार्किङको समस्या हटाउन महानगरपालिकाभित्र स्मार्ट पार्किङ सिस्टम जोड्ने घोषणा गरेका छन् । उनले भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङको निर्माण अघि बढाउने योजना नीति तथा कार्यक्रममै समावेश गरेका छन् ।

महानगरपालिकाले यसअघि नै न्युरोडमा बहुतले पार्किङ निर्माणको प्रक्रिया अघि बढाइसकेको छ । खुलामञ्च र लैनचौरमा अण्डरग्राउण्ड पार्किङका लागि अध्ययन भइसकेको छ ।

तर, निर्माणका बारेमा अन्योल भइरहँदा नवनिर्वाचित जनप्रतिनिधिले त्यसलाई अघि बढाउने घोषणा गरेका छन् ।

महानगरपालिकाले ५० वटा स्मार्ट र ५० वटा ई-ट्वाइलेट महानगरभित्र निर्माण गरिने पनि बताए । आगामी वर्षभित्र बनिसक्ने यस्ता पब्लिक ट्वाइलेटलाई स्मार्ट र इलेक्ट्रोनिक्स प्रविधिको बनाउने योजना महानगरको छ ।

यस्तै अब नयाँ प्रविधिमा आधारित होडिङ बोर्डलाई पनि महानगरले प्रवर्द्धन गर्ने जनाएको छ । नीति तथा कार्यक्रममा सेवाग्राहीको उजुरी सुन्न मोबाइल एप प्रयोगमा ल्याउने पनि उल्लेख छ ।

त्यस्तै विद्युतीय नक्सापासलाई सरल बनाउने विषय पनि मेयर शाक्यले कार्यक्रममा समेटेका छन् । आधुनिक सुविधायुक्त शहरी यातायातका लागि मानोरेल, मेट्रो रेल, ट्रयाम र सिटी केबलबारको प्रयोगको सम्भाब्यताको पनि अध्ययन गरिने शाक्यले बताए ।

यसअघि एक फ्रान्सेलीकम्पनीले बौद्धदेखि कालीमाटीसम्म सिटी केबलबार चलाउन सकिनेबारे सम्भाब्ता अध्ययन गरेको थियो । त्यसैमा आधारित भएर थप अध्ययन गर्दै शहरी यातायातलाई प्रवर्द्धन गर्ने महानगरको योजना छ ।

त्यर्सगरी ललितपुर महानगरसँगको सहकार्यमा बुढानिलकण्ठदेखि गोदावरीसम्म मोनो रेल चलाउनेबारे पनि सम्भाब्यता अध्ययन गर्ने आन्तरिक योजना बनाइएको छ । तर, नीति तथा कार्यक्रममा कहाँ कसरी यस्ता आधुनिक यातायात सञ्चालनको सम्भाब्यता अध्ययन गर्ने भन्ने उल्लेख गरिएको छैन ।

काठमाडौंमा साकइकल सञ्जाल विस्तार गर्न रिंगरोडको ग्रीन बेल्ट, पशुपतिदेखि टेकुसम्मको बाग्मती किनार र विष्णुमति किनारमा साकइल लेनको विकास गरिने भएको छ । त्यसैगरी सबै कदातालाई सहज रुपमा कर तिर्ने वातावरण बनाउन स्मार्ट ट्याक्स पेयर कार्ड सिस्टमको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सबै वडामा आगलागी नियन्त्रणका लागि प्रविधिसहितको इकाई स्थापना गर्ने, धुँवाधुलो नियनत्रण गरेर ‘नो मास्क सिटी’का रुपमा काठमाडौंलाई विकास गर्ने विषय पनि यसमा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment