Comments Add Comment

वैज्ञानिकले बनाए यस्तो टुथ ब्रस जसले १० सेकेण्डमै सफा गर्नेछ दाँत

विश्वमा पहिलोपटक एउटा यस्तो हातले समाउनु नपर्ने दाँत माझ्ने ब्रस तयार भएको छ जसले केबल १० सेकेण्डमै दाँत सफा गर्नेछ ।

यो टुथब्रस बनाउने कम्पनीको दाबी छ की यो ब्रसको प्रयोग गरेर तपाइँले दाँत माझ्दा खर्च हुने जिवनको १ सय ८ दिन बराबरको समय बचत गर्न सक्नुहुनेछ ।

एमाब्रस नामक उक्त टुथब्रसको प्रयोगबाट तपाइँले दाँत घोटिरहने, कुल्ला गर्ने तथा फ्लस गर्ने समस्याबाट छुटकारा पाउनुहुनेछ ।

प्रयोगकर्ताले मुखमा ब्रस छिराइसकेपछि केबल एक बटन थिच्नुपर्नेछ र १० सेकेण्ड पर्खिनुपर्नेछ । त्यसपछि दाँत पूर्णरुपमा सफा हुनेछ ।

यो टुथब्रसमा तिनवटा भाग छन् । एउटा सिलिकनको माउथपिस, अर्को ह्याण्डपिस र अर्को टुथपेष्ट क्याप्सुल । ब्रस गर्ने समय यी तिन भागलाई एकसाथ लगाउनुपर्नेछ ।

एमाब्रसका निर्माताका अनुसार यो माउथपिस ब्याक्टेरिया प्रतिरोधी सिलिकनबाट बनेको छ । यसको दुबैतर्फ थ्री डी ब्रस लगाइएको हुन्छ । ब्रसका रेसाहरु यति नरम छन् की गिजालाई कुनै असर गर्दैनन् अनि यति कडा छन् की दाँत पूर्णरुपमा सफा र चम्किने बनाउँदछन् ।

यो टुथब्रसको ब्याट्री एक पटक चार्ज गरिसकेपछि २८ पटकसम्म दाँत माझ्न सकिन्छ । अर्थात् बिहान बेलुकी दाँत माझ्दा दुईहप्तासम्म दाँत माझिसकेपछि बल्ल रिचार्ज गरे हुन्छ ।

यो ब्रसले यस्तो तिव्र कम्पन तथा चलायमानताका साथ दाँतको सतह सफा गर्दछ की १ सय २० सेकेण्डसम्म ब्रस चल्दा दाँतको हरेक सतहमा औषतमा १० सेकेण्ड ब्रसले सफा गरेको हुन्छ । जबकी सामान्य ब्रसले उत्ति समयसम्म ब्रस गर्दा हरेक दाँतको सतहमा जम्मा १.२५ सेकेण्ड सम्मा मात्र सफा हुन्छ ।

एमाब्रस अहिले किकस्टार्टरमार्फत प्रिअर्डरका लागि प्राप्त छ । एक सेट एमाब्रसको ९० डलर पर्नेछ । आगामी डिसेम्बरमा विश्वको यो पहिलो अटोम्याटिक टुथब्रसलाई बजारमा पठाउने योजना कम्पनीको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment