Comments Add Comment

फेरि कट्रिनातिर तानिदैछन् सलमान, अवार्ड समारोहमै यस्तो गरे

के सलमान खान फेरि कट्रिना कैफलाई पट्याउने चक्करमा लागेका हुन् ? अहिले भारतीय मिडियाहरुले यस्तै आशंका गर्न थालेका छन् ।

प्रसंग एउटा अवार्ड समारोहको हो । समारोहअघि आयोजना गरिएको पत्रकार सम्मेलनमा अन्य कलाकारहरुका साथ सलमान र कट्रिना पनि सामेल भएका थिए । त्यस क्रममा सलमानले कट्रिनाको मन जित्न खुब जुक्ती लगाए ।

पत्रकार सम्मेलनमा उनी पत्रकारसँग कम कट्रिनासँग बढि कुरा गरिरहेका थिए । यहाँसम्म कि मिडियाले सोधेका प्रश्नहरुको जवाफ दिँदा पनि उनी कट्रिनाको नाम लिइरहेका हुन्थे ।

जब उनलाई सोधियो, यो अवार्ड हुने दिन कहिले हो ? सलमानले जवाफ दिए, ‘मलाई त कैटरिनाको जन्मदिन मात्रै थाहा छ, अरु केही थाहा छैन ।

यति मात्र होइन सलमानले अबार्ड समारोहका क्रममा कैटरिनाको लागि ह्याप्पि बर्थडे गीत पनि गाए । ‘कट्रिनाको जन्मदिन जुलाई १६ मा हो ।

सायद यूलियासँग ब्रेकअपपछि सलमानलाई फेरि आफ्नी पूर्वप्रमिकाको याद आएको छ । यता कट्रिना पनि रणवीर कपुरसँग ब्रेकअपपछि सिंगल नै छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment