Comments Add Comment

१५ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस, सर्वेन्द्र खनाल पहिलो नम्बरमा

३१ असार, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

भावी प्रहरी प्रमुखहरुको यो बढुवा सिफारिसमा यो सूचीमा रमेश खरेललाई पछि पार्दै सर्वेन्द्र खनाल पहिलो नम्बरमा परेका छन् । प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका उनको ८४.४७३४ नम्बर पाएका छन् ।

दोस्रो नम्बरमा रमेश खरेल छन् । उनले ८३.८५१० अंक पाएका छन् । अन्य एसएसपी भने अझ कम अंक पाएका छन् ।

डीआईजीका लागि बढुवा सिफारिस हुनेहरुमा काठमाडौं प्रहरी प्रमुख छबिलाल जोशी र ललितपुर प्रहरी प्रमुख ठूले राई पनि छन् ।

यस्तै एसएसपीहरु पुष्कर कार्की, उत्तमकुमार कार्की, भोगबहादुर थापा, पुस्कलराज रेग्मी, पवनप्रसाद खरेल, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, शारद चन्द, धरु बस्नेत र पुष्पचन्द्र रंजित र सुरेश विक्रम शाहलाई पनि डीआईजीमा बढुवा गर्न सिफरिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment