Comments Add Comment

रोनाल्डो फेरि युनाइटेड फर्कन सक्छन् ? माउरिन्होले भने–असम्भव लक्ष्य

२ साउन, काठमाडौं । म्याचेष्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्हाले क्रिष्टियानो रोनाल्डोलाई पुनः ओल्ड ट्राफड ल्याउने सम्भावना अस्वीकार गरेका छन् ।

कर छलीको आरोपमा मुद्दा लागेपछि रियल मड्रिडका स्टार रोनाल्डोले स्पेन छाड्ने चर्चा चुलिएको छ ।

रोनाल्डोले २००९ मा म्यानचेष्टर छाडेका थिए, त्यसैले बेलाबेला उनी फर्कन सकने अनुमान गरिन्छ ।

तर, माउरिन्होले आर्थिक कठिनाइका कारण यो सम्भव नभएको बताएका छन् । प्रि सिजन टुरका क्रममा अमेरिकामा रहेको युनाइटेडले एलए ग्यालेक्सीलाई हराएपछि माउरिन्होलाई पोर्चुगलका कप्तानलाई भित्र्याउनेबारे सोधिएको थियो ।

जवाफमा उनले भने, ‘जुन मिसन (लक्ष्य) असम्भव छ, म ती खेलाडीका लागि आफ्नो क्लबको समय बर्बाद गर्दिनँ ।’

उनले अघि भने, ‘रोनाल्डो आफ्नो क्लबका लागि एक महत्वपूर्ण खेलाडी हुन् । महान आर्थिक शक्तिका खेलाडी । हामीले यस्तो कुनै कारण भेटेका छैनौं कि जसले हामीलाई लाग्छ रोनाल्डोले (रियल मड्रिड) छाड्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment