Comments Add Comment

भेनेजुएलाः भोट हाल्न लाइनमा बसेकी महिलाको गोली हानेर हत्या

२ साउन, काठमाडौं । भेनेजुएलाको राजधानी कारकासमा विपक्षीहरुले गरेको ‘जनमत संग्रह’मा भोट हाल्न लाइनमा बसेकी एक महिलाको हत्या भएको छ ।

मृतक ६१ वर्षीय एक नर्स हुन् । उनलाई मोटरसाइकलमा आएको समूहले गोली हानेको थियो । घटनामा थप ३ जना घाइते भएको बीबीसीले जनाएको छ ।

विपक्षीले अर्धसैनिक समूहले गोली हानेको आरोप लगाएको छ । घटनाले आफूहरुलाई निकै दुःखी बनाएको विपक्षीका समूहका प्रवक्ता कार्लोस ओकार्जले बताएका छन् ।

मृतकको नाम जिओमार सोलिडाड स्कट रहेको र गोली लागेर घाइते भएकी उनलाई अस्पताल पु¥याएको केही मिनेटमा नै मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै गएको छ । गत अप्रिलपछि भएका राजनीतिक हिंसा तथा झडपका घटनामा परी १०० बढी मानिसको ज्यान गइसकेको छ ।
भेनेजुएलामा जुलाई ३० एसेम्बलीको मा चुनाव हुँदैछ, जसलाई संविधान पुनर्लेखन गनर्जे र प्रादेशिक संरचनाहरु विघटन गर्ने अधिकार समेत दिइएको छ ।

तर, आलोचकहरुले भने नयाँ एसेम्बलीले नयाँ तानाशाहलाई निम्त्याउन सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment