Comments Add Comment

करिनाले नाक खुम्च्याएर भनिन्ः सारालाई सिकाउने फुर्सद छैन

बलिउड अभिनेत्री करिना कपुरले आफ्नी सौतेनी छोरी सारा अली खानको डेब्यूलाई लिएर पहिलोपटक मुख खोलेकी छिन् । उनले सारालाई एक्टिङ सिकाउने फुर्सद आफूलाई नभएको टिप्पणी गरिन् ।

एक अन्तरवार्तामा करिनालाई सौतेनी छोरीको डेब्यूका विषयमा सोधिएको थियो । उनलाई सोधिएको थियो, ‘सारालाई कसरी अभिनय सिकाउदै हुनुहुन्छ ?’

यो प्रश्नमा करिनाले नाक खुम्च्याइन् र भनिन्, ‘म कुनै टिचर होइन अभिनय सिकाउनलाई । म धेरै व्यस्त पनि छु । जे गर्छिन् उनी आफैंले गर्छिन् ।’

त्यसपछि करिना अलिकति सम्हालिइन् र आफूलाई सच्याउन खोज्दै भनिन्, ‘उनी निकै राम्री छिन् र ट्यालेन्टेड पनि छिन् । अभिनय उनको रगतमै छ । उनलाई कसैको सहयोग चाहिँदैन । मलाई विश्वास छ उनले इन्डयट्रीमा तहल्का पिट्नेछिन् ।’

सौतेनी आमाछोरी भए पनि सारा र करिनाको सम्वन्ध राम्रो रहेको मानिएको छ । करिनाको घरमा सारा निकै आउजाउ गर्छिन् । यो कुरा उनकी आमा अमृता सिंहलाई मन परेको छैन । उनले छोरीलाई करिनासँग नभेट्न पटक पटक चेतावनी दिइसकेको बताइन्छ । अमृता र करिनाका श्रीमान सैफ भने यो विषयमा तटस्थ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment