Comments Add Comment

फेसबुक प्रयोगकर्तामा भारत नम्बर वान, अमेरिका दोश्रो स्थानमा झर्यो

यी हुन् सबैभन्दा धेरै फेसबुक प्रयोगकर्ता रहेका देश तथा सहरहरु

भारत जनसंख्याको आधारमा विश्वको दोश्रो ठूलो देश हो । तर फेसबुक प्रयोगकर्ताको संख्याका हिसाबले चाहिँ फेसबुक विश्वको नम्बर वान देश बनेको छ ।

हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार फेसबुक प्रयोगकर्ताको संख्याको हिसाबमा भारत विश्वको सबैभन्दा ठूलो देश बनेको हो ।

अमेरिकालाई पछि पार्दै भारत पहिलो नम्बरमा उक्लिएको रिपोर्टले देखाएको छ ।

रिपोर्ट अनुसार भारतमा फेसबुक प्रयोगकर्ताको संख्या २४ करोड १० लाख रहेको छ । अमेरिकामा चाहीँ २४ करोड मात्रै फेसबुक प्रयोगकर्ता रहेका छन् ।

तर फेसबुकले चाहीँ यस रिपोर्टलाई गलत भन्दै भारतमा महिनामा कम्तिमा एक पटक फेसबुक चलाउने प्रयोगकर्ता अर्थात् मन्थली एक्टिभ युजर्सको संख्या जम्मा २० करोड १० लाख रहेको जनाएको छ ।

टेक न्यूज वेबसाइट द नेक्स्टले प्रकाशित गरेको पछिल्लो रिपोर्टले भारतमा सक्रिय फेसबुक प्रयोगकर्ताको संख्या २४ करोड १० लाख पुगेको दाबी ग्रेको छ । जस अनुसार अमेरिकामा २४ करोड र तेश्रो स्थानको ब्राजिलमा जम्मा १३ करोड ९० लाख सक्रिय फेसबुक प्रयोगकर्ता रहेका छन् ।

नेक्स वेबका अनुसार फेसबुकले आफ्ना विज्ञापनदाता, सोसल मिडिया म्यानेजमेन्ट प्लेटफर्म हूटस्विट तथा सोसल मिडिया मार्केटिङ तथा विज्ञापनिक एजेन्सी वि आर सोसललाई दिएको तथ्यांकका आधारमा नै भारत विश्वमा सबैभन्दा धेरै फेसबुक प्रयोगकर्ता भएको देश बनेको हो ।

तर फेसबुकका प्रवक्ताले चाहीँ भारतमा केबल २० करोड १० लाख मासिक सक्रिय प्रयोगकर्ता रहेको दाबी गरेका छन् ।

गत मे महिनामा फेसबुकले जारी गरेको आफ्नो पहिलो त्रैमासिकको आय विवरणमा अमेरिका र क्यानडामा गरी २३ करोड ४० लाख फेसबुक प्रयोगकर्ता रहेको जनाएको थियो ।

अमेरिका र क्यानडाका यी सक्रिय फेसबुक प्रयोगकर्ताको संयुक्त संख्यालाई दुबै देशमा अलग अलग विभाजन गर्नेहो भने पनि २० करोड १० लाख फेसबुक प्रयोगकर्ता मात्र हुँदा समेत भारत विश्वको नम्बर वान देश बन्ने देखिन्छ ।

फेसबुकले गत महिनामात्रै आफ्ना सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब नाघेको घोषणा गरेको थियो ।

फेसबुकका कुल प्रयोगकर्ता र सक्रिय प्रयोगकर्तामा चाहीँ फरक हुन्छ । कुल प्रयोगकर्ता भनेको फेसबुक अकाउन्ट खोलेका जम्माजम्मी मानिसहरुको संख्या हो भने सक्रिय प्रयोगकर्ता भनेको महिनामा कम्तिमा एक पटक आफ्नो फेसबुक अकाउन्ट खोल्ने फेसबुक प्रयोगकर्ताहरु हुन् ।

सक्रिय प्रयोगकर्तालाई पनि दैनिक सक्रिय प्रयोगकर्ता र मासिक सक्रिय प्रयोगकर्ता गरी दुई भागमा विभाजन गरिन्छ ।

हूटस्विट र वि आर सोसलको रिपोर्ट अनुसार विश्वमा सबैभन्दा धेरै सक्रिय फेसबुक प्रयोगकर्ता रहेका टपटेन देशहरु निम्न छन्:

भारत

अमेरिका

ब्राजिल

इण्डोनेसिया

मेक्सिको

फिलिपिन्स

भियतनाम

थाइल्याण्ड

टर्की

बेलायत

त्यस्तै, विश्वमा सबैभन्दा धेरै फेसबुक प्रयोगकर्ता रहेका सहरहरु यी हुन्:

बैंकक

जकार्ता

ढाका

मेक्सिको सिटी

इस्तानबुल

नयाँदिल्ली

लिमा

कायरो

साओ पाओलो

हु चि मिन्ह

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment