Comments Add Comment

कक्षा ११ र १२ का विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति दिने सहमति

२ साउन, काठमाडौं । विद्यार्थीहरुले ११ र १२ कक्षामा १० प्रतिशत छात्रवृत्ति पाउने भएका छन् । शिक्षा मन्त्रालय, शिक्षा बिभाग, प्याब्सन, एन प्याब्सन, अभिभावक संघ र अखिल क्रान्तिकारीका प्रतिनिधिहरुको संयुक्त बैठकमा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था कार्यान्वयन गर्ने सहमति भएको हो ।

शिक्षा नियमावलीमा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था भए पनि कार्यान्वयन नभएको भन्दै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ज्ञापनपत्र बुझाएको थियो ।

‘हाम्रो मागको विषयमा असार ३० गतेदेखि सुरु भएको वार्ता सोमबार सहमतिमा टुंगिएको छ,’ अखिल क्रान्तिकारी तीन नम्बर प्रदेश इन्चार्ज विजय गौतमले भने, ‘अब ११ र १२ कक्षाका विद्यार्थीहरुले १० प्रतिशत छात्रवृत्ति पाउने भएका छन् ।’

वार्तामा चार बुँदे सहमति भएको छ । छात्रवृत्ति कार्यान्वयनका लागि नियमित अनुगमन गर्ने, छात्रवृत्ति पाएका विद्यार्थीहरुसँग पनि शुल्क लिएको पाइए कारबाही गर्ने, विदेशीका नाम भएका शिक्षण संस्थालाई कारबाही प्रक्रिया अघि बढाउने लगायतका सहमति भएको छ ।

सहमति पत्रमा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल र अखिल क्रान्तिकारीका विजय गौतमले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment