Comments Add Comment

संगीतकर्मीबाट गायक बुद्धिकृष्णलाई ६ महिनाको औषधि खर्च सहयोग

काफ्लेलाई सामाजिक र सांगीतिक बहिस्कार

२ साउन, काठमाडौं । संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषबाट लोक गायक बुद्धिकृृष्ण लामिछानेलाई थप २२ हजार २६३ रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ । सोमबार बसेको संघको बैठकले लामिछानेको परिवारले उपलब्ध गराएको ६ महिनाको औषधि खरिद गर्दाको एकमुष्ट खर्च कोषले ब्यहोर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष लक्ष्मण शेषका अनुसार यसअघि कोषका तर्फबाट लामिछानेलाई नगद १५ हजार १ सय रुपैयाँ सहयोग गर्दै १ वर्षको औषधि खर्च ब्यहोर्ने प्रतिबद्धता गरिएको थियो ।

भक्तपुरको बागेश्वरी घर भएका बुद्धिकृष्ण लामिछाने प्यारालाइसिसबाट पीडित छन् । उनले ‘घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर’, ‘पिँढिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’ लगायतका चर्चित गीत गाएका छन् ।

निरज कुमारलाई पनि सहयोग

त्यसैगरी संगीतकार निरज कुमारलाई पनि थप ११ हजार ३८६ रुपैयाँ औषधी खर्च सहयोग गर्ने निर्णय भएको छ । क्यान्सर पीडित निरजलाई यसअघि पनि कोषबाट उपचारका लागि २० हजार सहयोग गरिएको थियो ।

बैठकले भक्तराज आचार्य फाउण्डेशनका लागि नैतिक समर्थन गर्दै फाउण्डेशनलाई अगाडि बढाउन आवश्यक पर्ने सबै साथ र सहयोग गर्ने निर्णय गरेको छ ।

त्यसैगरी हाल अमेरिकामा रहेका एकजना नेपाली भाषी भुटानीले नेपाल, नेपाली र नेपाली संगितकर्मीलाई सामाजिक सञ्जाल मार्फत अपमान गरेको भन्दै खेद ब्यक्त गरेको छ ।

राकेश काफ्ले नाम गरेका ति ब्यक्तिलाई सामाजिक र सांगितिक बहिस्कार गर्ने निर्णय गर्दै बैठकले उनका कुनैपनि सांगितिक सृजना नेपालभित्र उत्पादन, प्रकाशन प्रसारण हुन नदिने जनाएको छ ।

कल्याणकारी कोषमा ८ लाख ८० हजार जम्मा

यसैबीच संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको असार महिनासम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार असार महिनासम्म कोषमा ८ लाख ८० हजार ४२९ रुपैयाँ ८ पैसा जम्मा भएको जानकारी दिइएको हो ।

संगीतकर्मीहरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिए ।

विबरण सार्बजनिक गर्ने अघिल्लो दिन इन्टर नेशनल इन्स्िटच्युट अफ मेडिकल साइन्सका तर्फबाट गीतकार जिपी ढुङ्गेल र ब्यबसायी एबं समाजसेवी रविनदाश श्रेष्ठले ४ लाख ५३ हजार रुपैयाँकोषलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment