Comments Add Comment

निर्मातालाई दुःख दिएको भन्दै रमेशले मागे माफी

नायक रमेश उप्रेतीले निर्मातासँग माफी मागेका छन् । आफूले, कुनै समय निर्मातालाई अन्जानमा दुःख दिएको भन्दै उनले सबैसँग माफी मागेका हुन् । काठमाण्डौमा आयोजना भएको चलचित्र ‘ए मेरो हजुर २’को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै रमेशले भने–‘निर्माता बन्न कती गाह्रो रहेछ भन्ने मैले बल्ल थाहा पाएँ ।

मलाई कुनै समय घमण्डी नायक भन्थेँ । मैले अन्जानमा जती पनि निर्मातालाई दुःख दिएको छु, ती सबैसँग माफी माग्न चाहन्छु ।’

अमेरिका जानु अगाडि रमेश नेपाली चलचित्र क्षेत्रमा खुबै चर्चित थिए । उनी आफूलाई स्टार संझदै निर्मातालाई निकै दुःख दिन्थे भन्ने चर्चा आज पनि चल्छ । तर, आफैले चलचित्र ‘ऐश्वर्या’ निर्माण गरेपछि भने रमेशले निर्माताको पीडा वुझेछन् । यसैले, उनले कुनै कलाकारले निर्मातालाई दुःख दिन्छ भने उसलाई चलचित्र निर्माण गर्न सुझाव पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment