मंगलबार, ३१ असोज, २०७४
OnlineKhabar.com

मुनालाई तीजमा कामको चटारो बढेपछि…

रमेश श्रीष मगर

हुन त वर्ष दिनको तीजमा माइत जाने रहर कुन चेलीलाई हुदैन होला र ? तर, कहिलेकाँही परिस्थितीयस्तो बनिदिन्छ कि चार्डपर्वले दैलो टेक्दा कामको चटारो सुरु हुन्छ ।

यस्तै परिस्थिती आईपर्‍यो यसपालीको तीजमा गायिका मुना थापा मगरलाई ।

तीजमा माइत जाने रहर मनभरी संगालेकी मुनालाई यत्तिबेला बेशीको मेलाको चटारोले भ्याईंनभ्याईं छ । तर, मुनाले आफ्नो वास्तविक जीवनमा नभई तीजको बेला कामको मेलामा रहेकी एउटी चेलीलाई माइती देश पुग्ने हतारो कस्तो हुन्छ भन्ने यथार्थपरक विषयलाई गीत मार्फत प्रस्तुत गरेकी हुन् ।

गीत सार्वजनिक गर्दै मुना भन्छिन्गी ‘तमा एउटी चेलीको वेदनालाई विशुद्ध मौलिक तरिकाले प्रस्तुत गरिएको छ । यो गीत सेक्सी पनि छैन, अचम्मपनि छैन, बजारमा आउन साथ चर्चित पनि छैन ।’

पछिल्लो समय युट्युवमा भिवर्स बढाउनकै लागि चर्चित, हट, सेक्सी जस्ता ट्याग झुण्डाएर गीतको व्यापार गर्नेहरुप्रति व्यङ्ग्य गर्दै मुनाले आफ्नो गीत न त सेक्सी न त हट रहेको बताएकी छिन् । आफ्ना गीतहरुलाई दर्शकले सुनेर मात्र चर्चित बनाइदिनेमा उनी निकै आशावादी छिन् ।

‘यो बेला बेशीको मेला
कुन बेला माईती देश पुग्गेला’

मौलिक सर्जक रमेश बि.जीको शब्द सिर्जनामा तयार भएको यस ‘यो बेला बेशीको मेला’बोलको गीत मुनासँगै प्रिति मगर श्रेष्ठ र दिपक खड्काको सुमुधुर आवाज रहेको छ । गीतमा गायक खड्काले लय भरेका छन् ।

गायिका मुना र गायक दिपकको अभिनय रहेको यस गीतमा निर्देशक प्रकाश भट्टले निर्देशन गरेका हुन् । गीतले सबै श्रोताहरुको मन छुनेमा मुना ढुक्क छिन् ।

२०७४ साउन ८ गते १३:११ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this