Comments Add Comment

नयाँ सहमति नेपालको प्रतिवन्ध फुकुवाका लागि महत्वपूर्ण कदमः आईसीसी

८ साउन, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाली क्रिकेटको विवाद समाधानमा सल्लाहकार समूहमा महत्वपूर्ण सहमति जुटेको बताएको छ । साथै उसले यसलाई नेपालको प्रतिवन्ध फुकुवाका लागि महत्वपूर्ण कदम भनेको छ ।

आईसीसीका उपप्रमुख इमरान ख्वाजाको उपस्थितिमा शनिबार बसेको सल्लाहकार समूहको बैठकमा क्यानको साधारणसभामा जिल्लाको प्रतिनिधित्व हुने सहमति जुटेको थियो ।

ख्वाजाले नेपाल छाड्नु अघि आईसीसीले विज्ञप्ति जारी गर्दै सल्लाहकार समूहको बैठकमा विभिन्न विषयमा सहमति जुटेको बताएको छ । आईसीसीले भनेको छ, ‘नेपाल क्रिकेट संघ -क्यान)को विधान संशोधन सहितका विभिन्न विषयमा सहमति जुटेको छ । र, यो नेपालको आईसीसी सदस्यता पुर्नबहालीमा महत्वपूर्ण कदम हो ।’

तर, कुन विवादमा के सहमति भयो खुलाएको छैन । साथै सल्लाहकार समूहका सदस्यहरुले पनि औपचारिक रुपमा बोल्न चाहेको छैन । स्रोतका अनुसार जिल्लाको विषय मिलेपनि साधारणसभामा निर्वाचित क्यानको केन्द्रीय कमितिको सहभागिताबारे टुंगिएको छैन ।

आईसीसीले सहमति गरेर एक महिनाभित्र निर्वाचित क्यानको साधारणसभाबाट विधान संशोधन गर्न भनेको छ ।

आइतबार जारी विज्ञप्तिमा पनि अबको कदम क्यानले साधारणसभा बोलाउने र विधान संशोधन गर्ने भनेको छ । त्यसपछि नयाँ विधान अनुसार चुनावी प्रक्रिया अघि बढ्नेछ ।

आईसीसीका प्रमुख ख्वाजाले सल्लाहकार समूहमा भएको सहमति अनुसार नयाँ संरचना बने नेपाली क्रिकेटका लागि नयाँ र शानदार युगको सुरुवात हुने प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment