Comments Add Comment

महिला हिंसा क्रुर अपराध हो, दोषिलाई कारबाही हुन्छः गृहमन्त्री शर्मा

'राष्ट्रिय परिचय पत्रमा आमाको मात्र होइन हजुर आमाको नाम पनि छ'


९ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय परिचय पत्रमा आमाको नाम नछुटाइएको स्पष्ट पारेका छन् । आमाको मात्र होइन हजुर आमाको नाम पनि परिचयपत्रमा राखिएको उनले बताए ।

बिभिन्न विषयमा सांसदहरुले उठाएका जिज्ञासाको मन्त्री शर्माले सोमबारको संसद बैठकमा जवाफ दिएका छन् ।

यसअघि सांसदहरुले राष्ट्रिय परिचयपत्रमा आमाको नाम छुटाइएको भन्दै विरोध जनाएका थिए । मन्त्री शर्माले त्यस विषयमा जवाफ दिँदै भने, ‘राष्ट्रिय परिचयपत्रमा आमाको नाम छुटाइएको भनेर सांसदहरुले उठाउनु भएको विषयमा गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । बाबुको नाम भन्दा पहिले आमाको नाम समावेश छ ।’

केही मिडियाले पनि आमाको नाम नभएको भनेर समाचार लेखेको भन्दै उनले त्यसलाई भ्रामक भ्रमपूर्ण भने । मन्त्री शर्माले भने, ‘आमाको मात्र होइन, हजुर आमाको नाम पनि राखिएको छ । गलत समाचार संप्रेषण नगर्न अनुरोध गर्दछु ।’

राष्ट्रिय परिचय पत्र हिजो स्वीकृत भएको थियो जसमा तिनपुस्ते विवरण राख्ने व्यवस्था गरिएको छ ।

मन्त्री शर्माले महिला हिंसाका घटनालाई दुःखद, मानवता विरोधी र क्रुर अपराध भन्दै दोषिलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी पनि दिए ।

महिला हिंसालाई रोक्न बिभिन्न प्रयास भए पनि नरोकिएको भन्दै उनले रोकथामका लागि सरकारले सबै सरोकारवालाबीच सहकार्य, समन्वय र एकीकृत प्रयास चाल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment