Comments Add Comment

स्थानीय तहको संख्या बढाउने कांग्रेसको निर्णय

९ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले संविधान संशोधन प्रक्रिया अघि बढाउने र स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको छ । साथै अनुशासन समिति बनाउने र चुनावमा अन्तरघात गर्नेलाई कारबाही गर्ने निर्णय पनि भएको छ ।

सोमबार सकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकारको निर्णय अनुसार स्थानीय तहको संख्या बढाउनु पर्नेमा जोड दिएको छ ।

तत्कालीन प्रचण्ड सरकारले तराई मधेसका जिल्लाहरुमा २४ स्थानीय तह थप गर्ने निर्णय गरेको थियो । तर, सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । यो मुद्दा अझै सर्वोच्चमा विचाराधीन छ । तर, कांग्रेसका प्रदेश नम्बर २ को भेलाले मुद्दा टुंगोमा पुर्‍याएर संख्या बढाउनु पर्नेमा जोड दिएको थियो ।

बैठकले संविधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।

साथै अनुशासन आयोग गठनका लागि सहमति दिएको छ । बैठकले स्थानीय चुनाव भएका ६७ जिल्लालाई १५ दिनभित्र चुनावी रिपोर्ट पठाउन पनि निर्देशन दिएको छ ।

उक्त रिपोर्टका आधारमा अनुशासन समितिले चुनावमा अन्तरघात गर्नेलाई कारबाही गर्ने निर्णय छ ।

बैठक समापन गर्दै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहाददुर देउवाले अन्तरघातीलाई कारबाही गरिछाड्ने बताए । उनले अबको १/२ दिनमा नै मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीमा सबैलाई मिलाएर अघि बढ्ने बचन समेत दिएका छन् ।

त्यसअघि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने एक व्यक्ति एक पद हुनु पर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment