Comments Add Comment

प्रधानमन्त्रीको निर्देशनले सडक निर्माण तीव्र

१० साउन, काठमाडौं । काठमाडौं उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्ने काम सकिएपछि हाल रोकिएका सडक विस्तार तीव्र हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले खाल्डाखुल्डी पुर्न र सडक विस्तार अघि बढाउन मातहतका निकायलाई निर्देशन दिइसकेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपत्यकाका निर्माणाधीन सडकको नियमित अनुगमन थालेको छ । अदालतको ‘स्टे अर्डर’ र स्थानीयको अवरोधका कारण महिनौंदेखि उपत्यकाका विभिन्न सडक विस्तार ठप्प छन् ।

सोमबार मात्रै त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकको अनुगमन भएको छ । अनुगमनमा सहरी विकासमन्त्री प्रभु साह, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख शिव सापकोटा, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारीसहितको टोली सहभागी थियो । स्थानीयको अवरोध र सर्वोच्च अदालतको ‘स्टे अर्डर’ का कारण सो सडक निर्माण तीन महिनादेखि ठप्प छ । सो सडकमा अदालतले ३९ स्थानमा ‘स्टे अर्डर’ जारी गरेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले उपत्यकाका निर्माण रोकिएका सडकमा अब नियमित अनुगमन थालिने बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment