Comments Add Comment

अष्ट्रेलियामा कवि नवराजको प्रश्न-आमाको काख किन्नु पर्‍यो भने ?

२५ जुलार्इ, सिड्नी ।

सोच
तातेताते गराउने बुबाको हात किन्नुपर्‍यो भने ?
हा ऽ हा ऽ हा ऽ लोइलोइलोइ गराउने आमाको काख किन्नुपर्‍यो भने ?
बहिनीले निःशुल्क टाउकोमा ठुङ हान्दिन भनी भने ?
दिदीले सुनाउने सुनकेशरी रानीको कथाको पैसा तिर्नुपर्‍यो भने ?
मैले त मेरो ईश्वर पनि पर देख्न थाले
यस्तो लाग्यो ऊ ईश…वर होइन ईश…पर थियो

अष्ट्रेलियाको सिड्नीमा आयोजित कार्यक्रममा कवि नवराज पराजुलिले यसरी कविता सुनाउँदै जाँदा माहोल सुनसान र दर्शक भाबुक बने ।

पराजुलिले कविता वाचन गर्दै जाँदा ‘लोइलोइलोइ गराउन आमाको काख किन्न पर्‍यो भने ?’ प्रश्न गर्दा दर्शकहरु अनुत्तरित बने । यसरी नै पराजुलिले ‘सगरमाथाको गहिराई’ लगायत आफ्ना चर्चित कविताहरु प्रस्तुत गरे ।

‘हेभ्भी बर्थ डे’, ‘खोया तथा सगरमाथाको गहिराई’ जस्ता चर्चित कविताका लेखक युवा कवि नवराज पराजुलीको ‘कविता कन्सर्ट’ सिड्नीमा भब्यताका साथ सन्पन्न भएको छ ।

२०४औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रय नेपाली साहित्य समाज एनएसडब्लुले आयोजना गरेको ‘अनेसास भानु जयन्ती विशेष कविता कन्सर्ट २०१७’ मा कवि पराजुलीले आफ्ना सहकर्मी बाँसुरी बादक सम्यक महर्जनका साथ सिड्नीका थूप्रै दर्शकहरुलाई आफ्ना कविता बाचन गरेर मन्त्रमुग्ध बनाए ।

मेरी आमाले बनाएको
सानो काठको बाकस भर्ने पैसा बोकेर
म असबबाट घर र्फके भने त ठीकै हो
तर
त्यसभन्दा ठूलो रातो काठको बाकसमा
म आफैं भरिएर र्फकें भने ?

कविता मार्फत पराजुलिले यसरी नै प्रश्न गरिरहे । दर्शकहरु सोचमग्न भए । एकआपसमा प्रश्नको उत्तर खोज्ने प्रयार गर्दै खासखुस गर्दै थिए । माहोल यस्तो पनि आयो जतिवेला दर्शकहरुले वाहवाही गर्दै कवि पराजुलिलाई हौसला र साथ दिए ।

२०७३ सालको मदन पुरस्कार र पद्मश्री पुरस्कारको लागि मनोनित भएको बहुचर्चित कविता कृति ‘सगरमाथाको गहिराई’ संग्रहको सगरमाथाको गहिराई शीर्षकबाट पराजुलीले कन्सर्टको आरम्भ गरका थिए ।

करिब एक घण्टा लामो उनको कविता वाचनमा सिड्नीका दर्शक तथा श्रोताहरु कविताको भावमा डुबेका देखिन्थे ।

सम्यक महर्जनको बाँसुरी तथा सिन्गिंग बल को तालमा पराजुलीले ६ वटा कविता वाचन गरेका थिए ।

अल नेपाली पोयट्री स्ल्याम-२०१४ का विजेता र साताको साहित्य पुरस्कार २०१५ -अष्ट्रेलिया)बाट पुरस्कृत नवराज पराजुली पर्फमेन्स पोयट्रीबाट समकालीन कवितामा सर्वाधिक चर्चामा आएका हुन् ।

कार्यक्रमको अन्त्यमा सगरमाथाको गहिराई पुस्तकको हस्ताक्षर कार्यक्रम पनि भएको थियो ।

सिड्नीको एस्फिल्डको पोलिश क्लबमा २३ जुलाई आइतबारको दिन आयोजना गरिएको सो कार्यक्रम अनेसास एनएसडब्ल्यु कि अध्यक्ष्य सानु घिमिरेको अध्यक्षता तथा महासचिब महेशर शर्माको सहजिकरणमा भएको थियो ।

पराजुलिलाई सिड्निमा अभिनन्दन

कवि पराजुलीले नेपाली भाषा र साहित्यमा कविता विधामा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको छ ।

अनेसास एनएसडब्ल्यु अस्ट्रेलियाको तर्फबाट अनेसास केन्ऽका उपाध्यक्ष्य भीमसेन सापकोटा, नेपाली समुदायका अगुवा डा. नारायण प्रधान र अनेसास एनएसडब्ल्यु कि अध्यक्ष्य सानु घिमिरेले संयुक्त रुपमा खाँदा लगाइदिएर प्रशंशापत्र प्रदान प्रदान गर्दै अभिन्नदन गरेका हुन् ।

सोही कार्यक्रममा बाँसुरी बादक सम्यक महर्जनलाई पनि अभिनन्दन गएकिो छ ।

पराजुलीको अको कार्यक्रम आज (मंगलबार) क्यानबेरामा, २८ जुलाईमा ब्रिसबेन, ३१ जुलाईमा एड्लेड र ५ अगस्टमा मेलबोर्नमा हुने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment