Comments Add Comment

चार सय वर्ष पुरानो गोरखा दरवारः पृथ्वीनारायणको चिनादेखि राम शाहको न्याय चौतारासम्म (फोटो फिचर)

१० साउन, गोरखा । नेपालको शाहबंशीय राजतन्त्रको उद्गमथलो थियो गोरखा । पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गोरखाबाटै थालेका थिए ।

यहाँको गोरखा दरवारबाट राम शाहदेखि पृथ्वी नारायणसम्म ७ राजाहरुले राज्य गरे । गोरखा दरवारमा राज्य गरेर नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको बारेमा आज पनि बिभिन्न कोणबाट बहस भइरहेकै छन् । जबकी उनका १२ औं पुस्तासँगै नेपालमा राजतन्त्र अन्त भइसकेको छ ।

राजतन्त्र ढले पनि गोरखा दरबार ढलेको छैन । भूकम्पले क्षति पुगेको गोरखा दरवारको पुननिर्माण भइरहेको छ । तत्कालिन राजा राम शाहको पालामा बिसं १६८६ मा बनेको दरवार भूकम्पले क्षति पुगेेको थियो ।

केही संरचनाहरु मर्मत भएपनि मुख्य गोरखा दरवार भने पुननिर्माण हुन सकेको थिएन । परातत्व बिभाग अन्तरगत उक्त दरवार भत्काएर जगै देखि पुननिर्माण हुन लागेको गोरखा दरवारका पुजारी प्रदीप योगीले बताए ।

भुकम्पले क्षति पुगेसँगै गोरखा दरवार आउने भक्तजनहरुको संख्यामा पनि कमी आएको उनको भनाइ छ । पुरानो इतिहास बोकेको गोरखा दरवार संरक्षणमा र पुननिर्माणमा ढिलाइ भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

गोरखा दरवारमा ऐतिहासिक र पर्यटकीय महत्वका कुराहरु के के छन् त ?

पृथ्वी नारायण शाह जन्मने बित्तिकै पहिलो पटक यहि खलमा नुहाइएको थियो ।
पृथ्वीनारायण शाहलार्इ तेल लगाएर सेक्ने ठाउँः पृथ्वीनारायण शाह जन्मेपछि यही ठाउँमा धुनी जगाई तेल लगाएर सेकिएको थियो
गुरु गोरखनाथलार्इ मनपर्ने खाद्यवस्तु रोटः पिठो, घ्यू, चिनी लगायतका सामग्री बाट रोट बनाइन्छ । गोरखा दरवारमा रोट चढाउन आउने भक्तजनहरुको पनि उत्तिकै भीड हुने गर्छ ।
गोरखामा राज्य गर्दा राजाहरुले प्रयोग गरेका तोपहरु


परम्परागत नेपाली हातहतियारहरुः खुकुरी, खड्ग, ढाल, तरवार, खुँडा, कटारी
पृथ्वी नारायण शाहको राजगद्धी
पृथ्वी नारायण शाहको ५२ हात लामो चिना
परम्परागत बाजाहरु
पृथ्वी नारायण शाहको पालामा पानी संकलन गर्न प्रयोग गरिने भाँडो जसलार्इ रोचो भनिन्छ ।
पुराना मानापाथीका भाँडाहरु
राजा राम शाहको शालिक
न्याय चौताराः यहीं बसेर राजा राम शाहले न्याय दिन्थे । न्याय नपाए गोरखा जानु भन्ने युक्ति अहिले पनि चरितार्थ छ ।
गोरखा दरबारका मुख्य पुजारी प्रदिप योगी
भूकम्पले क्षति पुगेको गोरखा दरवार पुननिर्माणका लागी तयारी गरिँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment