Comments Add Comment

रेखा र निखिलको शैलीः ‘नबोल्दा पानी बाराबार, बोलेपछि मिडियामाथि भार'(भिडियो)


नायक निखिल उप्रेती र नायिका रेखा थापाविच कुनै समय स्टारडमको घमण्ड भयो । दुबैजना एक अर्कासँग ‘तँ भन्दा म के कम’ भन्ने शैलीमा अगाडि बढे । रेखा थापा र निखिल उप्रेती दुबैको स्टारडम उस्तै रहँदा यी दुइविच लफडा भयो । दुबैले एक अर्कासँग चलचित्र नै नखेल्ने भन्दै अड्डी कसे ।

तर, अहिले दुबैको स्टारडम विस्तारै कमजोर बन्न थालेको छ । चलचित्र क्षेत्रमा नयाँ पुस्ताको आगमन भैरहँदा रेखा र निखिल एक अर्काको साथ खोज्न थालेका छन् ।
चलचित्र ‘भैरव’ निर्देशन गर्ने समयमा, निखिल रेखाको अपार्टमेन्टमै पुगेका थिए । रेखालाई चलचित्र खेल्न निखिलले आग्रह गरे । तर, रेखाले चलचित्र खेल्न मानिन् । पछि, उनले यो चलचित्रमा आइटम मात्र गर्ने चर्चा चलेपनि यो संभव हुन सकेन ।

तर, अब भने रेखा र निखिल एकसाथ अगाडि आएका छन् । नायक निखिल उप्रेतीले निर्माण गरेको चलचित्र ‘रुद्र’को पि्रमियरमा पुगेकी नायिका रेखा थापाले आफूहरुविच झगडा नभएको तर मिडियाले नै बनाइदिएको बताइन् । यता, नायक निखिल उप्रेतीले रेखा र आफूविच झगडा भएपनि समय सुधारको कुरा त हुन्छ नी भन्दै एकसाथ काम गर्ने संकेत गरे ।

रेखा र निखिलले कथा राम्रो आएको खण्डमा एकसाथ चलचित्रमा काम गर्ने बताए । नायिका रेखा थापा पछिल्लो समयमा आफ्ना दुश्मन नायकहरुसँग सम्बन्ध सुधारको बाटोमा छिन् । ८ बर्षपछि नायक आर्यन सिग्देलसँग हात मिलाउँदै एकसाथ चलचित्रमा काम गरेकी नायिकाले अहिले निखिलको चलचित्र हेर्न पुगेर सम्बन्ध सुधार भएको सन्देश दिन खोजेकी छिन् ।

दुबै जना उचाइमा पुग्दा झगडा गर्ने कलाकारहरु पछि मिडियाले नै झगडा पारिदिएको भन्दै बोल्न पछि पर्दैनन् । अहिले, रेखा र निखिल पनि यही शैलीको पछि लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment