Comments Add Comment

‘प्रेमगीत २’को बुकिङ खुल्ला, कस्तो होला इनिसियल व्यापार ?


भोली शुक्रबारबाट रिलिज हुन लागेको प्रतिक्षित चलचित्र ‘प्रेमगीत २’को बुकिङ खुल्ला गरिएको छ । काठमाण्डौका मल्टिप्लेक्सले बुकिङ खुल्ला गरेसँगै आक्रामक रुपमा बुकिङ भैरहेको छ ।

निर्माता सन्तोष सेनले बुकिङ खुल्ला भएसँगै दर्शकले आक्रामक रुपमा बुकिङ गरिरहनुभएको बताए । उनका अनुसार, काठमाण्डौको क्यूएफएक्सले बुकिङ आक्रामक भएपछि शो पनि बढाइरहेको छ । केही शोहरु सोल्ड आउट पनि भैसकेका छन् । काठमाण्डौको क्यूएफएक्सले ‘प्रेमगीत २’लाई सुरुवातमै १३ शो दिएको छ । चलचित्र चलेको खण्डमा शोहरु बढ्ने बताइएको छ ।

विशेषगरि, चलचित्रको ब्रान्ड नाम, मेकिङ शैली, गीतसंगीत र नायक प्रदिप खड्काको क्रेजका कारण चलचित्रको इनिसियल व्यापार आक्रामक हुने अनुमान धेरैले लगाएका छन् ।

रामशरठ पाठकको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रदिप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेन, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।
देशभरका दर्शक चलचित्र हेर्न उत्सुक रहेकाले पनि सिंगल र मल्टिप्लेक्स हलमा यो चलचित्रले आक्रामक इनिसियल व्यापार गर्ने अनुमान चलचित्रकर्मी र पत्रकारले लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment