Comments Add Comment

भण्डारीले ल्याए ‘हि्वलचियरको जिन्दगी’


१३ साउन, काठमाडौं । हि्वलचेयरमा जीवन बिताउन विवश शारीरिक अपांगता भएका व्यक्तिहरुको अनुभूतिमा आधारित पुस्तक ‘हि्वलचियरको जिन्दगी’ बजारमा आएको छ । पुस्तकको लेखन कृष्णप्रसाद भण्डारीले गरेका हुन् जो स्वयम् हि्वलचेयर प्रयोगकर्ता हुन् ।

हालै साँगास्थित स्पाइनल इन्जुरी पुनस्र्थापन केन्द्रमा आयोजित एक कार्यक्रममा सो कृति लोकार्पण गरिएको थियो । मेरुदण्ड पक्षघात भएका पाँच दर्जनभन्दा बढि हि्वलचेयरका बिरामीहरुको बीचमा सोही समस्याबाट पिडित सिन्धुपाल्चोककी ६ वषिर्या बालिका सलिा श्रेष्ठ र मुगुका आठ वषिर्य बालिका बन्दना रावलले कृतिको लोकार्पण गरेका थिएृ ।

लेखक भण्डारी नेपालीमा एमए र बीएडसम्मको शिक्षा हासिल गरी शिक्षण पेसामा संलग्न रहेकै समयमा तीन वर्षदेखि मेरुदण्ड पक्षाघातको सिकार भएका हुन् । सो घटनापछि आफ्नो जीवनले नयाँ मोड लिएको र यस मोडलाई सिर्जनात्मक कार्यमा रूपान्तरण गर्न आफू लालायित बनेको उनी बताउँछन् ।

‘म र मजस्तै परिस्थितिवश अपाङ्गता स्विकार्न बाध्य भएकाहरूको हतास मानसिकतामा उत्साह भर्न यो कृति तयार पारेको हुँ,’ उनले भने ।

पुस्तकमा मेरुदण्ड पक्षाघात भएपछि पनि आफूभित्र विशिष्ट क्षमता गरेका देवी आचार्य, ऋषिराम ढकाल, किशोरबहादुर शाही, छिरी शेर्पा, सोनिका ढकाल, प्रवीण श्रेष्ठ, तिलक पोखरेल, हिमाल अर्याल, रामबहादुर तामाङ, रमेशचन्द्र पाण्डे, लाली तामाङ, कृष्ण चोधरी, लक्ष्मी कुावर, कृष्ण गौतम र शिव न्यौपाने गरी पन्”जना व्यक्तित्वहरूका सङ्घर्षपूर्ण जीवनकथाहरू समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment