Comments Add Comment

साउनमा सारा


साउन महिनाको हरेक सोमबार धेरै नेपाली महिलाहरु ब्रत बस्ने गर्दछन् । साथमा, साउनलाई हरियो रंगको महिनाको रुपमा पनि हेरिन्छ । नारीहरुले साउनमा हरियो चुरा, हरियो कपडा लगाउने गर्छन् । साथै, हातमा मेहेन्दी लगाएर महिलाहरुले श्रीमान्को लामो आयूको कामना गर्छन् भने अविवाहित यूवतीहरु पनि राम्रो श्रीमान् पाउँ भनेर ब्रत बस्ने गरेका छन् ।

चलचित्र ‘रुद्र’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नव-नायिका साराले अनलाइनखबरका लागि ‘साउन थीम’मा फोटोसुट गरेकी छिन् । हरियो र सेतो पहिरनमा साराले फोटो खिचाएकी हुन् ।

चलचित्र ‘रुद्र’बाट नेपाली रजतपटमा आशातित नायिकाको रुपमा उदाएकी सारा आफूलाई दर्शकले राम्रो कलाकारको रुपमा चिनुन् भन्ने चाहन्छिन् । उनले, नायक निखिल उप्रेतीसँग दोश्रो चलचित्र ‘पिजडा ब्याक एगेन’मा पनि काम गरिसकेकी छिन् ।

तस्बिरः श्रीधर पौडेल

पहिरनः सुष्मा थापा/ जे एस क्रियशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment