Comments Add Comment

प्रवासी पूर्णलाई नेपाली गीतसंगीतको मोह

३० जुलाई, ब्रिजबेन । तस्वीरका व्यक्ति हुन पूर्ण परियार । प्रवासमा रहेर पनि नेपाली लोक गीत संगीत क्षेत्रमा पूर्णले पुर्‍याएको योगदान स्वागतयोग्य छ । पूर्ण बिगत १० वर्षदेखि अष्ट्रेलियाको ब्रिजबेनमा बस्दै आएका छन ।

नेपालको लमजुङका पूर्ण ७ वर्ष यूरोप बसेपछि अष्ट्रेलिया हानिएका हुन । ‘प्रवासी जीवनमा पनि अाफ्नो ईच्छालाई मर्न नदिएको हँु ।’ उनले भने ।

पूर्णले अहिलेसम्म चारवटा एल्बम बजारमा ल्याइसकेका छन् । आफ्नो सृजनामा बिशेष गरेर नेपाली भाका र शैलीलाई प्राथमिकता दिने पूर्ण यतिबेला भने अाफ्नो नयाँ एल्बम निकाल्ने तयारीमा छन् । ‘अब चाँडै नयाँ एल्बम ‘फेशन नम्बर वन’ बजारमा ल्याउँदै छु,’ उनले भने ।

पूर्णले अाफ्नो गीतहरूको भिडियोमा मोडलहरू पनि चलेकै राखेका छन । शंकर बिसी,पार्वती राई,ज्योति मगर जस्ता हिट मोडलहरूलाई उनले आफ्नो भिडियोमा खेलाएका छन ।

पहिलोको दांजोमा यतिबेला प्रवासमा पनि नेपाली लोक संगीतको बजार फराकिलो हुन थालेकोमा पूर्ण खुशी ब्यक्त गर्छन । उनले भने,’पहिला लोक गायक भनेर परिचय गराउँदा विदेशमा त्यति राम्रो नजरले हेरदैन्थे तर अहिले सोच र ब्यबहारमा परिवर्तन आएको छ ।’ उनले थपे ।

गायक पूर्ण अहिलेका लोक गीतहरूका सर्जकहरूले आफूलाई समय अनुसार परिवर्तन गर्दै आएका र सृजनात्मक सोचना पनि आधुनिकतालाई समेट्न थालेकोले नै यसको प्रभाव सबैमा पर्न थालेको धारणा पोख्छन ।

अब लोक गीतसंगै नेपाली चलचित्रहरूमा पनि उनले बिस्तार गीत गाउने तयारी गरिरहेका छन् । ‘ चाँडै नै नेपाल गएर केही चलचित्रहरूमा गीत गाउँदै छु ।’ उनले भने ।

हेर्नुस् पू्र्णको तीज गीत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment