Comments Add Comment

लौ सुन्नुहोस् अनिताको तीज गीत (भिडियोसहित)


आमाले दिएको पानपाते फूली
आँधीखोलामा पौडिदा खस्यो बरिलै…
मैलियो चोली बाबाले दिएको
आँधीखोलामा बसेर धुन्छु बरिलै..

टिपीकल भाकामा तीज गीत सुन्न नपाएका दर्शकका लागि पत्रकार अनिता बिन्दुले एउटा उपहार दिएकी छिन् ‘प्यारो माइती’ शीर्षकको तीज गीत । नेपाल टेलिभिजनकी समाचार वाचिका एवं पत्रकार महासंघकी उपाध्यक्ष अनिता बिन्दुले आमा दिदी बहिनीको पीर ब्यथा समेटेर तिज गीत गाएको बताइन् ।

चेली जतिसुकै सम्पन्न किन नहोस्, माइती नै सबै भन्दा प्रिय लाग्ने अनुभव गरेकी छिन् उनले । छोरी चेली विवाहपछि जहाँसुकै पुगेपनि आफ्नो गाउँ ठाउँ र माइतीको मायालाई कहिल्यै बिर्सदैनन् भन्छिन् उनी । ‘हरेक चेलीका लागि माइतीघर सबै भन्दा प्रिय घर हो, माइतीको खुसीमा हर्षित हुने चेलीहरु माइतीको दुःखमा रुन्छन् पनि ।’ उनले भनिन् ।

स्कुल पढ्दैदेखि गाउन र नाँच्नमा खप्पिस अनिताले अघिल्लो वर्ष पनि म मन पराइन लाइन बरिलै… भन्दै तीजको गीत गाएकी थिईन् । यसपाली उस्तै टिपिकल शब्द र भाका लिएर आएकी छिन् ।

गण्डक क्षेत्र लोकसंगीतमा सम्पन्न छ । गीत सुन्दा अनितामा पनि गण्डकको प्रभाव प्रसस्तै देखिन्छ । उनका गीत सुन्ने हरेक चेलीले एक पटक वाल्यकालको तीज महसुस् गर्छन् । शहरमा ‘फाष्टफुड’ हुँदै गएको तीजका केही ‘अग्र्यानिक’ पक्षलाई अनिताले तीजगीत मार्फत उजागर गरेकी छिन् ।

डाडा पाखामै हुर्किएकी अनितालाई अहिले पनि याद छ तीजकै लागि भनेर आमाले नयाँ लुगा किनिदिएको । नयाँ लुगा लगाएर घर नजिकै मन्दिरमा नाँच हेर्दै फुरुङ्ग परेर नाँचेको छ । प्राय भदौ र असोजको पहिलो हप्ता पर्ने तीजमा चेलीबेटीहरुले घर माइती गरेको यथार्थ बिर्सेकी छैनन् । आँधी खोला तरेर आउजाउ गर्नुपर्दा धेरैले दुःख पाएको प्रसंग उनको मष्तिष्कमा छँदैछ ।

खोला तर्न नसकेर माझीको प्रतिक्षामा बसेको मात्रै हैन । माइतीघरमा चेलीबेटी जम्मा भएर रमाइलो गरेको प्रसंग पनि छ । गीतको शब्द र संगीत लोकनाथ सापकोटाको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment