Comments Add Comment

पहिरोमा तीन बालबालिका पुरिए

१६ साउन, कालिकोट । कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका-६ मा आइतबार मध्यरातमा घरमाथिबाट पहिरो खस्दा सुतिरहेका तीन बालबालिका पुरिएका छन् ।

पहिरोमा परि अन्य पाँच जना घाइते भएका छन् । शान्नीत्रिवेणीको पोरिबन भन्ने स्थानमा रहेको बुधे सार्कीको घर माथिबाट पहीरोसँगै खसेको ढुंगाले घर च्यापिँदा सार्कीका दुई छोरी र एक छोरा पुरिएका हुन । उनीहरुले अहिलेसम्म उद्धार हुन सकेको छैन ।

सार्कीका ८ वर्षीय छोरा लंक सार्की, १० र ५ वर्षीया छोरीहरु क्रमसः ललिता सार्की र कल्पना सार्की हराइरहेका छन् ।

ठूलो ढुंगा सार्कीको घरमा आएर अड्किएको र ढुंगा हटाउँदा गाउँका अन्य घरहरु जोदिममा पर्नसक्ने भएकाले उद्धारमा ढिलाई भइरहेको पोदमारा प्रहरी चौकीले जनाएको छ ।

घटनामा परि गम्भीर घाइते घरधनि ४२ वर्षीय बुधे सार्की र ३५ वर्षीया बेलु सार्कीलाई उपचिारका लागि जिल्ला अस्पताल ल्याइँदै छ । त्यस्तै पहीरोमा परेर सामान्य घाइते भएका रंगिता सार्की, अस्मिता सार्की र शर्मिला सार्कीको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ । घटना स्थलमा जिल्ला सदरमुकाम बाट थप प्रहरी पठाइएको छ ।

रत्न कार्कीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment