Comments Add Comment

४ करोड लगानीमा प्यूठानमा भित्रियो नयाँ बस समिति


१७ साउन, प्यूठान । प्यूठानमा पहिलो पटक यातायात सेवा दिनका लागि नयाँ प्राइभेट कम्पनी भित्रिएको छ । गुणस्तरीय यातायात सेवा दिने भन्दै नमस्ते प्यूठान यातायात प्रा.लि. प्यूठानमा भित्रिएको हो ।

प्रालिले पहिलो पटक ना ६ ख ९१२३ नं.को डिलक्स बस प्यूठानबाट काठमाडौंका लागि सञ्चालनमा ल्याएको छ । प्रालिका ४ वटा डिलक्स बस प्यूठान भित्रिएका छन् भने दुई वटा बस काठमाडौं बसपार्कमा छन् । यी बसहरु पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी प्रालिले गरेको छ । २०७३ वैशाख २२ गते दर्ता भए पनि विभिन्न समस्याले गर्दा झन्डै १४ महिनापछि सेवा शुरु भएको कम्पनीका अध्यक्ष लिलापसिंह केसीले बताए ।

४ करोडको लगानीमा ६ वटा डिलक्स बस आइसकेको र मिनी बस भित्र्याउने तयारी भइरहेको समेत उनले बताए । जिल्लाका यात्रुहरुको समस्यालाई मध्यनजर गरी युवाहरुको सक्रियतामा प्रालि सञ्चालनमा आएको हो ।

प्रालिले हाललाई ठूलाबेसी काठमाडौं, बाहाने कृष्णनगर र खलंगा तुल्सीपुर सेवा सञ्चालन गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारीको समन्वयमा स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समिति र प्रालिबीच समन्वय बैठक बसेर समय निर्धारणको तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment