Comments Add Comment

निखिल उप्रेतीका फिल्म, आइतबारदेखि किन हुन्छन् कमजोर ?


केही दिन अगाडि आयोजित पत्रकार भेटघाट कार्यक्रममा नायक निखिल उप्रेतीले आफूले दर्शक निराश बनाएपनि दर्शकले माया दिएको बताएका थिए । विशेषगरि, निखिलले अभिनय गरेका चलचित्रले शुक्रबार र शनिबार राम्रै व्यापार गरेपनि आइतबारदेखि निकै कमजोर व्यापार गर्छन् । इनिसियल व्यापारपछि निखिलका चलचित्रको व्यापारिक मिटर डाउन हुन्छन् । यो कुरा स्वयंम निखिल उप्रेतीले पनि स्विकार गरेका थिए ।

नायक उप्रेती अभिनित अधिकांश चलचित्रको व्यापारिक मिटर आइतबारदेखि निकै तल र्झछ । यसको अर्थ, निखिलले गतिलो चलचित्र छानेर खेल्न सकेनन् भन्ने नै हो ।

शुक्रबारदेखि रिलिज भएको निखिल उप्रेती निर्मित तथा अभिनित चलचित्र ‘रुद्र’को पनि सोही अवस्था भयो । निखिलले यो चलचित्रबाट यस्तो अवस्था नहुने पनि बताएका थिए । यतिसम्म कि, निखिलले यस्तो हुनुमा आफ्नो मात्र गल्ती नभएको बताएका थिए ।

तर, निखिल आफैले निर्माण गरेका चलचित्रको समेत अवस्था यस्तो छ । ‘एक्सन राजा’को रुपमा उदाएका निखिलले कथावस्तु सही छनोट गर्न सकिरहेका छैनन् । निखिल अब चलचित्र कम गरेर आफै स्तरिय चलचित्र निर्माण गर्ने बताइरहेका छन् । के, निखिलको चलचित्रको व्यापार आइतबारबाट नखस्ने अवस्था आउला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment