Comments Add Comment

दयाहाङ राइ, के रिजर्भ बस्दैछन् ?


नायक दयाहाङ राइलाई चलचित्र क्षेत्रको एउटा प्रवृत्तीले केही बर्ष लखेट्यो । दयाले चलचित्र ‘लुट’मा अभिनय गरेपछि धेरैले उनीबाट त्यस्तै अभिनयको खोजी गरे । दया पनि बजारमा सोही शैलीमा अगाडि बढे । अफर आएका कुनै पनि चलचित्र छाडेनन् । एकपछि अर्को सबै चलचित्रमा काम गरे ।

तर, दयाहाङले बजारले आफूलाई एउटै शैलीमा लेखेटको पत्तो नै पाएनन् । उनै, दयाहाङको एउटै शैलीले मल्टिप्लेक्समा आउने दर्शक पनि विच्किए । जसले गर्दा उनका चलचित्र व्यापारिक रुपमा कमजोर बन्न थाले ।

दयाहाङको एउटै अभिनय शैली चलचित्र बनाउनेले पनि पच्छ्याए त दया पनि त्यसबाट मुक्त हुन सकेनन् । पछिल्ला दिनमा दयाहाङ रिजर्भ देखिएका छन् । दयाले चलचित्र भटाभट साइन गरेका छैनन् । उनले अभिनय गरेका केही चलचित्र रिलिजको तयारीमा छन् । यो बर्ष उनी अभिनित दुइ चलचित्र रिलिज भैसकेका छन् । दुबै चलचित्रको व्यापारिक आँकडा बलियो छैन ।

एउटै शैलीबाट खेदिएका दयाहाङ अब रिजर्भ बस्न आवश्यक छ । कारण, उनको स्टारडम धेरै चलचित्र खेल्दा कमजोर बनिसकेको छ । पछिल्लो समय दया रिजर्भ बस्न खोजिरहेका छन् । जुन उनको करिअरका लागि सुखद कुरा पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment