Comments Add Comment

हामीले खाने फलफूल र सब्जी कति विषाक्त ? यसरी बनाउनुहोस् विषरहित

हामीले दिनहुँ फलफूल तथा सब्जीसँगै विष पनि सेवन गरिरहेका हुन्छौ । किनभने अधिकांस फलफूल एवं सब्जीमा हानिकारक रसायन र कीटनाषक औषधी प्रयोग गरिएको हुन्छ । यसरी खानेकुरासँगै शरीरभित्र पुग्ने विषादीले हामीलाई रोगी, जिर्ण, कुरुप बनाउने हो ।

कसरी बन्छ विषाक्त ?

पछिल्लो समय कृषिको व्यवसायिकरण भएसँगै धेरै भन्दा धेरै उत्पादन गर्ने होडमा विषादीको प्रयोग हुन थालेको छ । खासगरी बेमौसमी सब्जी र फलफूलमा यस्ता विषाक्ता पदार्थ बढी हुन सक्छ । त्यसैले मौसमी खानेकुरामा नै जोड दिनुपर्छ ।

तरकारी तथा फलफूहरुलाई चाडै पकाउन र आकर्षक देखाउन पनि विभिन्न किसिमका रासायनिक पदार्थहरु पनि हाल्ने गरिन्छ ।

कसरी बच्ने ?

हामी आफुलाई उपभोग्य सम्पूर्ण खानेकुरा आफै उत्पादन गर्न सक्दैनौ । धेरैजसो खानेकुरा बजारमै आश्रति हुनुपर्छ । त्यसैले अरुले उत्पादन गरेको, अरुले फलाएको, अरुले प्रसोधन गरेकै खानेकुरा हाम्रो पेटमा पुग्ने हो । ति खानेकुरा पूर्णत प्राकृतिक विधीबाट वा जैविक हिसावले तयार गरिएको हुन्छ भन्ने कुनै ग्यारेन्टी हुन्न । अतः त्यस्ता खानेकुरा सेवन गर्नुअघि केहि यस्ता विधी अपनाउन सकिन्छ, जसले विषादीरहित बनाउन मद्दत गर्छ ।

विधी- १
सिधेनुन र पानीको घोलमा डुबाउने

घरमा ल्याएको सब्जी तथा फललाई प्रयोग गर्नुअघि सिधेनुन र पानीको घोलमा २०-२५ मिनेट डुबाउनुहोस् । यसले त्यसमा रहेको ९७प्रतिशत  विषादीलाई निस्तेज पार्न सकिन्छ । तरकारी एवं फलफूल डुब्ने भाँडोमा सिधेनुन घोलेर राख्नुपर्छ । त्यसमा सब्जी एवं फलफूल हालेर २५ मिनेटजति छाडौ । सिधेनुन नभएको अवस्थामा साधरण नुनको पनि प्रयोग गर्न सकिन्छ ।

विधी-२
खाने सोडाको घोलमा डुबाउने

एउटा ठुलो भाडामासब्जी र फलफूल डुबाउन मिल्ने जति पानी हालेर त्यसमा २५ खाने सोडा (वेकिङ पाउडर/ सोडियम वाईकार्बोनेट) हाल्नुहोस् । अब यस घोलमा विषमुक्त गर्नुपर्ने फलफूल तथा तरकारी हालेर त्यसलाई २०-३० मिनेटका लागि छाडौ । खाने सोडाको घोलले फलफूल तथा तरकारीमा भएको विषलाई निस्तेज गरिदिन्छ । यस पछि पुनः धाराको पानीले मजाले धुनुहोस् र प्रयोगमा ल्यानुहोस् ।

विधी-३
अमिलो वा भिनेगरको प्रयोग
एक गिलास पानीमा आधा कप हृवाईट भिनेगर वा अमिलो मिलाएर बनाएको घोलमा विषमुक्त गर्नुपर्ने फलफूल तथा सब्जीलाई एक/एक गरि डूबाइ यसै मिश्रणले मिचिमिचि पखालेर १० मिनेट छाडौं । त्यसपछि धाराको पानीले पखालेर प्रयोग गर्न सकिन्छ ।

विधी- ४
बेसार र तातो पानीको प्रयोग

एक लिटर तातो पानीमा ५-६ चम्चा शुद्ध बेसार हालेर त्यसमा केहीबेर फलफूल तथा तरकारीलाई डुबाई राख्ने र केही समय पछि सेाही बेसार पानीले मिचिमिचि धुने । त्यसपछि पुन धाराको पानीले धुनुहोस् । यसो गर्दा तरकारी विषमुक्त हुन्छ ।

विधी- ५
तातो पानीको प्रयोग

फलफूल चम्काउन प्रयोग गरिने मैनको पत्र हटाउन र केही विषादीहरु छुटाउन तातो पानीमा डुबाएर सफ गर्न सकिन्छ ।

विधी- ६
बोक्रा ताछेर खाने गरौ

यसो त फलफूल तथा तरकारीको बोक्रा हाम्रो शरीरको लागि अत्यन्त पौष्टिक तथा स्वस्थकर हो । तर अहिले फलफूल तथा तरकारीमा भरमार विषादी एवं कीटनाषक हालिएको हुनाले बोक्रा छिलेर खादा ९०प्रतिशत विषको प्रभावबाट बच्न सकिन्छ ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सा अस्पताल
भरतपुर-१, वागीश्वरी, देवघाटधामका मेडिकल डाइरेक्टर हुन्  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment