Comments Add Comment

बैंक खाता र गोठ रित्याएर बिना वेपत्ता, दूधे बालकको बिचल्ली

१७ साउन, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका ४ सिम्पानीका बाबुराम थापा रोजगारीको लागि भारत जान थालेको २४ वर्ष भयो । उनी भारतमा मजदुरी गर्थे, श्रीमतीले घर चलाउँथिन् ।

उनकी श्रीमती एक छोरा र दुई छोरीको लालनपालनसँगै घर सम्हालेर बसेकी थिइन् । थापा पनि हरेक वर्ष घर आउँथे र परिवारसँग सुखदुःख सट्थे । यसपटक पनि घर आए परिवार भेट्न । तर, उनी सुख दुःख साट्न नपाउँदै विपत आइलाग्यो ।

बैंक खाता र गोठ समेत रित्ताएर नौ महिने दूधे बालक छोडेर उनकी श्रीमती बिना थापा वेपत्ता भएकी छन् । ‘भागेको तीन दिन भए, फर्किएकी छैन,’ बाबुरामले भने, ‘मलाई त डुबाई डुबाई, नौ महिनाको दूधे बालकको समेत बिचल्ली पारी ।’

भारतबाट आएका श्रीमानलाई ‘बच्चा हेर्दै गर्नुहोला, म बजार गएर आउँछु’ भनेर सदरमुकाम तम्घास हिँडेकी बिना अहिलेसम्म घर नफर्किएको बाबुराम बताउँछन् ।

उनका अनुसार बैंकमा भएको १९ लाख रुपैयाँ पनि छैन । आफू घरमा आउँदा लैनो भैंसी, दुई वटा बाख्रा र एउटा बोको समेत श्रीमतीले बेचिसकेको उनले सुनाए ।

बाबुरामले भारतको साकेतमा गाडी चलाउँछन् । वर्षको चार लाख कमाउने गरेको उनले बताए । ‘साइन रेसुंगामा खाता खोलेकी छु भन्थी,’ उनले भने, ‘सबै कमाई उसैलाई पठाउँथे, बैंकमा बुझियो १९ लाखमा एक रुपैयाँ पनि खातामा छैन ।’

‘ बाबु नानीको मुख हेर्नु शिवाय अब मसँग केहि रहेन,’ थापाले भने, ‘अर्कोतिर गाउँभरी उसैका हल्ला छन् ।’

परपुरुषसँग भागेर गएको हल्ला गाउँमा चलेको उनी बताउँछन् । उनले इस्मा प्रहरी चौकीमा उजुरी दिएका छन् । तर पनि अहिलेसम्म बिनाको अत्तोपत्तो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment