Comments Add Comment

निदाएको छोरो बोकेर एयरपोर्टबाट कुदे शाहरुख

बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो कान्छा छोरा अबरामलाई बोकेर जहाँसुकै हिँडिरहेको देखिन्छ । यी बाबुछोरालाई देख्नासाथै मिडियाले घेरिहाल्छन् ।

शाहरुख अहिले आफ्नो आगामी फिल्म ‘जब ह्यारी मेट सेजल’ को प्रमोसनमा व्यस्त छन् । यही सिलसिलामा उनी हालै आबुधावी पुगेका थिए । त्यहाँबाट र्फकदा उनलाई एयरपोर्टमा छोरो बोकेर हिँडिरहेको मिडियाले देखे । शाहरुखको अंगालोमा अबराम निदाइरहेका थिए ।

जब मिडियाले फोटो खिच्न थाले, शाहरुख आफ्नो छोरालाई छातिमा लुकाएर कुद्न थाले । उनी पछिपछि सो फिल्मकी नायिका अनुष्का शर्मा पनि थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment