Comments Add Comment

कर्णालीमा सडक जोड्न पहाड फुटाउँदै सेना

१८ साउन, काठमाडाैं । सेनाले जिम्मा लिएको कालिकोटको लालिघाट (खुलालु)देखि शान्तिघाट हुँदै हुम्ला सदरमुकाम सिमिकोटसम्मको १४५ किलोमिटर कर्णाली करिडोर निमार्णको काम ३० किलो मिटर सम्पन्न भइसक्यो ।

कालिकोटको पलाता क्षेत्रको जारकोटसम्मको ३० किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएपछि कालिकोटको सबैभन्दा विकट मानिएको पलाता पनि सडक सञ्जालले जोडिएको छ ।

स्युना शान्तिघाट सम्मको ९ किलोमिटर कडा चट्टानी भागमा नेपाली सेनाले रातदिन काम गरेर गाडी गुडाएपछि नेपाली सेनाको काम देखेर स्थानीय चकित परेका छन् ।

स्युनाका महाबिर कार्कीले यसरी गाडी आउला भन्ने सोच्दै नसोचेको भन्दै नेपाली सेनाको काम देखेर अचम्मित परेको बताए ।

काम सुरु भएको एक वर्षमै नेपाली सेनाले निमार्ण कार्य तीब्र रूपमा संञ्चालन गरी केही भागमा यातायात संञ्चालन भएपछि कालिकोटका साबिकका १७ गाबिस सडक संञ्जालमा जोडिएका छन ।

नेपाली सेनाको निर्माण सामग्री बोक्ने ट्याक्टर र साना सवारी साधन जीप र मोटरसाइकलहरु शान्तिघाट हुदै कालिकोट सीमा क्षेत्रमा पुग्न थालेका छन् ।

सोलार बत्तीको सहयोगमा रातिमा काम

नेपाली सेनाले आफ्नो पूर्व निर्धारित लक्ष्य पूरा गर्न रातिमा काम गरिरहेको छ । सेनाली रातको समयमा सोलार बत्तिको प्रयोग गरेर काम गर्ने गरेको छ ।

लालिघाट, रेगिलघाट,आम्ताडा हुँदै शान्तिघाट, भार्तडी, जारकोट,घाटगडासम्मको झण्डै ३१ किलोमिटर कडा चट्टान छिचोलेर सेनाले कालिकोट बाजुराको सीमा क्षेत्र लैफुसम्म केही दिनमै गाडी गुडाउने लक्ष्य बताएको छ ।

अब केही दिनभित्रै सेनाले बाजुराको सिमाक्षेत्र सम्मको सडक, सडक बिभागलाई हस्तान्त्रण गर्ने गरी काम समेत भइरहेको जनाएको छ ।

सेनाले काम दु्रत गतिमा होस् भनेर कामदारहरुलाई रातिको ज्याला १५ सयसम्म दिएर चट्टानमा सोलार बत्ती जडान गरी रातभरी निमार्ण कार्य गर्ने गरेको छ ।

कर्णाली करिडोरमा निर्माणका लागि अहिले एक दर्जन बढी मेसिनरी सामानहरु सञ्चालनमा छन् ।

दिनमा सयौं बिष्फोटका आवाजहरु सुन्न सकिन्छ । बिष्फोट गराएर पहाडलाई मैदान बनाउने र बाटो पन्छाउने काम नेपाली सेनाले छिनभरमै गरेको देख्दा स्थानीयले चकित भएको बताउने गरेका छन् । ‘अघिल्लो दिनमा आफ्ना अगाडि देखिएको डरलाग्दो भिरपहरा रातभरि मेशिनको आवाज सुनिन्थ्यो भोलि दिउसो मैदानै भएछ,’ स्युना शान्तिघाटका पूर्वप्रधान पञ्च पदमबहादुर बंमले भने,’ सेनाले त यसरी काम गर्दाे रैछ, विकास निमार्णको काम त नेपाली सेनालाई नै दिनु पर्ने रहेछ ।’

समयमै काम सम्पन्न हुने

अहिलेको रफ्तारमा काम भए केही दिनमै कालिकोट बाजुरा सीमा क्षेत्रसम्म बाटो निमार्ण कार्य सम्पन्न हुने छ ।

यहाँको निर्माण कार्य सम्पन्न भए बाजुराका १३ गाबिस र कालिकोटका १७ गाबिसहरुका नागरिकको गाडीमा यात्रा गर्ने सपना पूरा हुने नेपाली सेनाको कर्णाली करिडोर निमार्ण कार्यदलका प्रमुख कर्नेल इन्द्रवीर गुरुङले बताए ।

सरकारले आर्थिक ब्यवस्थापनको कमी हुन नदिएर सहयोग गरे अब निर्धारित समयमै बाटो निमार्ण कार्य सम्पन्न हुने र उtm सडकमा गाडी गुड्ने नेपाली सेना गुरुङले बताए ।

नेपाली सेनाले सरकारले दिएको दुई वर्षको समय सीमाभित्र अर्थात आर्थिक वर्ष ०७४/ ०७५ को अन्तिमसम्ममा सिमिकोट गाडी पु¥याउने  लक्ष्य छ ।

अहिले नेपाली सेनाले लालिघाट, नानिकोटको राताडाब र बाजुरा जगनाथको पिली चौरमा क्याम्प राखेर सडक निर्माण कार्य गरिरहेको छ ।

प्रायः कालिकोट सडक क्षेत्रमा रहेका कडा चट्टानलाई फुटाइसकिएकोले एक वर्षमा सबै कडा चट्टानहरु छिचोलेर सक्ने लक्ष्य लिएको गुरुङले बताए । ‘कालिकोट क्षेत्रमा रहेका कडा चट्टानहरुसंगको युद्ध करिब सकिएकोछ,’ उनले भने,’सम्भवत एक वर्षमा सबै क्षेत्रका चट्टानहरु छिचोलेर सकिन्छ ।’

नेपाल सरकारले सिमिकोट सम्म २ अर्व ८४ करोड ११ लाखको लागतमा बाटो तयार हुने भन्देै कामको जिम्मा नेपाली सेनालाई छ ।
त्यस मध्ये हालसम्म ५० करोड बजेट खर्च भइसकेको निमार्ण कार्यदलका प्रमुख गुरुङले जानकारी दिए ।

११ चैत २०७१ बाट सडक निर्माणको काम सुरु भएको हो । एक वर्ष कालिकोटको रेगिङलमा रहेको पहरा फोड्न लागेको र ६ महिनामा थप काम गरिएको सेनाले जनाएको छ ।

यस अघि ठेकेदारहरुले कडा चट्टानहरुमा सब्बलको भरले सडक निमार्ण गर्दा काम हुन सकेको थिएन ।

यसअघि बिगतमा सडक डिभिजन सुर्खेत , हुम्ला, जुम्ला,कालिकोट सडक आयोजना, जिबिस कालिकोट, डिलिप परियोजनाको करोडौं रकम खर्चिदा पनि पनि सडक निर्माण हुन नसक्दा आलोचना भएको थियो ।

कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमीकोटसम्मको १९६ किलोमिटर सडक मध्ये ५१ किलोमिटर सडक सडक बिभागले आफै र १४५ किलोमिटर सेनालाई जिम्मा दिएको छ ।

सेनाले करिडोरका बिभिन्न साना ठूला खोलामा १० वटा ट्रसपुल तथा बेलिब्रिजहरु जोड्ने छ ।

त्यस मध्ये गाडी गुडेको ३० किलोमिटर सडक क्षेत्रमा पर्ने शान्तिघाट खोलामा केही दिनमै दिनमै पुल तयार हुने छ भने फुकुगाडमा बेलिबि्रज जडान गरी सकिएको नेपाली सेनाले जनाएको हो ।

 रत्न कार्कीको सहयोगमा  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment