Comments Add Comment

‘चलचित्र निर्माण र अभिनयलाइ एकसाथ अगाडि लैजान्छु’: पूजा शर्मा


चलचित्र ‘प्रेमगीत’मा काम गर्नु अगाडि नायिका पूजा शर्माले सफलता खासै देखेकी थिइनन् । तर, यो चलचित्रबाट उनी नायिकाको रुपमा उदाइन् । उनै पूजालाई असार ३० गतेबाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले निर्मात्रीको रुपमा पनि सफल बनाइदियो । पहिलो पटक चलचित्र निर्माणमा हात हालेकी पूजालाई सफलता मिल्यो ।

नेपालमा कमै मात्र नायिकाहरु निर्मात्रीको रुपमा सफल रहेका छन् । औलामा गन्न सकिने सफल निर्मात्रीको रुपमा पूजा पनि परेकी छिन् । पहिलो चलचित्र निर्माणमै सफल भएपछि पूजा अब कस्तो योजना बनाउँदैछिन् त ? के उनी अब आफै चलचित्र निर्माण गरेर अभिनय गर्ने सोचमा छिन् कि अन्य ब्यानरमा पनि काम गर्छिन् ? अनलाइनखबरले उनीसँग यही सेरोफेरोमा रहेर कुराकानी गरेको छः

१. अब, आफै चलचित्रमा लगानी गरेर नायिका बन्नुहुन्छ कि, अरुको ब्यानरमा पनि काम गर्नुहुन्छ ?
अरुको ब्यानरमा नगर्ने भन्ने होइन । तर, ब्यानर, कथावस्तु, मेकिङ शैली सबै हेरेर काम गर्छु । म अफर आएका सबै चलचित्र गर्नुपर्छ भन्ने सोच राख्दिनँ । मलाई चित्त वुझेको खण्डमा मात्र अरु ब्यानरमा काम गर्छु ।

२. अब, फेरि नयाँ चलचित्र बनाउने योजना छ कि छैन ?
अवश्य पनि छ । अब, म निरन्तर चलचित्र मेकिङ पनि गर्छु । हामी, नयाँ चलचित्र बनाउने सोचमा छौ । यसपटक पनि निर्देशक सुदर्शन थापा र मेरै लगानीमा नयाँ चलचित्र बनाउँछौ । केही महिनामा नै नयाँ चलचित्रको घोषणा हुनेछ ।

३. यो चलचित्र चल्नुमा तपाइको स्टारडमले कत्तीको काम गर्‍यो भन्ने लाग्छ ?
पक्कै पनि, ‘प्रेमगीत’ चलेपछि दर्शकले मलाई धेरै समय मिस गर्नुभयो । पूजाको चलचित्र कहिले आउँछ भनेर प्रतिक्षा गर्नुभयो । यसैले पनि यो चलचित्र चल्नुमा मेरो नाम पनि जोडिएको छ भन्ने लाग्छ । मेरै नामका कारण पनि धेरै दर्शक हलसम्म पुग्नुभयो ।

४. पहिलो चलचित्रमै लगानी गरेर सफल हुनुभयो, कस्तो महशुश हुँदैछ अहिले ?
एकदमै रमाइलो लागिरहेको छ । दर्शकले जुन तरिकाले माया दिनुभयो, त्यसले उत्साहित बनाएको छ । मैले लगानी गरे भने फाप्छ भन्ने विश्वास जागेको छ । म, सम्पूर्ण दर्शकलाई धन्यवाद दिन चाहन्छु ।

५. अब कस्तो चलचित्र बनाउने सोच छ ?
म प्रेमकथा नै बनाउँछु, तर भिन्न शैलीको । स्विजरल्याण्डका रमणिय दृश्यमा दर्शकलाई प्रेमको महशुश गराउन मन लागेको छ । दर्शकले मलाइ दिनुभएको माया र विश्वासका कारण म आज यहाँ छु । उहाँहरुको भरोसा म तोड्न चाहन्नँ ।

६. अब, दर्शकले तपाइलाई पर्दामा कसरी हेर्न पाउनुहुन्छ ?
म धेरै चलचित्रमा काम गर्दिनँ । बर्षमा एउटा उत्कृष्ट चलचित्र दिने सोचका साथ अगाडि बढेकी छु ।

पल र पूजासँग गरिएको मस्ती टकको भिडियो हेर्नुहोस्:


म यस्तो गीत गाउँछु हेर्न उर्लिए दर्शक, हेर्नुहोस् भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment