Comments Add Comment

कांग्रेसले नै राजपालाई चुनावमा ल्याउन चाहेनः कमल थापा

१८ साउन, जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस माओवादी नै संविधान संशोधनको विधेयक निर्णार्थाक प्रस्तुत गर्न नचाहेको बताएका छन् । सत्तारुढ दलकै सांसदहरु नै वेपत्ता हुने र विधेयक पारित नहुने अवस्था रहेको कारणले गर्दा कांग्रेस र माओवादीले अलमल गरिरहेको उनको आरोप छ ।

जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष थापाले संशोधनको पक्षमा उभिने पार्टीको अडान यथावत रहेको बताए । कांग्रेसले नै राजपा निर्वाचनमा नओस् र त्यसको फाइदा लिन सकोस भन्ने चाहेको उनको आरोप छ ।

राजपाले निर्वाचनमा सहभागिताका लागिसंशोधनलाई प्रतिष्ठाको विषय बनाएपनि संशोधन विधेयक पारित भएपनि मधेसको मुलभूत मागहरु सम्बोधन नुहने उनले बताएका छन् ।

मधेसको समस्या समाधान नगरिए तराईमा विखण्डनकारी जन्मिने खतरा रहेको उनले बताए ।

राप्रपा अध्यक्ष थापाले तीन ठूला दल कांग्रेस, एमाले र माओवादीले स्थानीय तहको चुनावमा पेसाको खोला बगाएर निर्वाचन पद्धतिलाई दुषित पारेकाले आफनो पार्टीले हारेको बताएका छन् । उनले भने, ‘पार्टीको एजेण्डाप्रति जनताको विश्वास रहेको तर त्यसलाई भोटमा रुपान्तरण गर्न नसकिएको सत्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment