Comments Add Comment

मेन्स ग्रुमिङः सुट लगाउँदा नगरौं यस्तो गल्ती 


फर्मल  वेयरको रुपमा सुट सहि छनौट हुनसक्छ । यसले स्मार्ट र पर्फेक्ट लुक्स दिन्छ । यद्यपी कतिपय अवस्थामा सानो कमजोरीले पनि हाम्रो व्यक्तित्वलाई असर पार्छ । त्यसैले सुट लगाउँदा केहि कुरा ध्यान दिनैपर्छ ।

गलत मोजाको कम्बिनेसन- संभव भएसम्म पाइन्टको रंगसँग मिल्ने मोजा लगाउनुपर्छ । सुटसँग ह्वाइट र प्रिन्टेट  मोजा लगाउँदा सुहाउदैन ।
जुत्ता र बेल्टको रंग – जुत्ता र बेल्टको रंग आपसमा अमिल्दो हुनुहुँदैन । ब्राउन जुत्ता लगाइएको छ भने, त्यही रंगको बेल्ट लगाउनुपर्छ । साथै कालो रंगको बेल्टमा, कालै रंगको जुत्ता बढी खुल्छ ।

उस्तै पकेट स्क्वायर र टाई– पकेट स्क्वायर पनि लगाउने सोंचमा हुनुहुन्छ भने टाईसँग त्यसको कलर एकनासे हुनुहुँदैन । दुबै अलग-अलग डिजाइनको हुनुपर्छ ।

ब्लेजरको सबै बटन लगाएर राख्नु – ब्लेजरको पुच्छरको बटन जहिलेपनि खुलै राख्नुपर्छ । नभए सुट कसिलो देखिन्छ ।

सुट र जुत्ताको गलत म्याचिङ- कालो जुत्ता हरेक किसिमको सुटसँग मिल्दो देखिन्छ । यद्यपी ब्राउन कलरको जुत्तासँग ब्लु, नेवी ब्लू, ग्रे, ब्राउन आदि कलरको सुटसँग मात्र कम्बिनेसन मिल्छ ।

सुटसँग ब्याप्याक बोक्नु- यदि अफिसमा सुट लगाएर जाँदै हुनुहुन्छ भने, ल्यापटपका लागि ब्याकप्याक नबोक्नुहोस् । बरु त्यसको बदलामा ह्यान्ड व्याग बोक्नुपर्छ ।

बिना बटन खोलेर बस्नु- सुट लगाएर बस्दा अक्सर कोटको बटन खोल्नुपर्छ ।

कोटभन्दा बाहिर सर्टको कलर राख्नु– शटको कलर ब्लेजरको माथिबाट राख्नु हुँदैन, यो गुजि्रसकेको फेसन हो । सर्टको कलर जहिलेपनि ब्लेजरको कलरभन्दा तल हुनुपर्छ ।

फर्मल  सुटसँग क्याजुअल बेल्ट- सुट फर्मल वेयर हो । अतः यसका लागि सोहि किसिमको बेल्ट लगाउनु पर्छ । क्याजुअल बेल्ट लगाइयो भने त्यसले तपाईको व्यक्तित्वमै असर पार्छ । त्यसैले जहिलेपनि सुटसँग क्लासिक लेदर बेल्ट लगाउनुपर्छ ।

साइजभन्दा लामो सर्ट- आफ्नो सर्टको कफ्स हातभन्दा माथि आउनु हुँदैन । ध्यान राखौं कि, शर्टको स्लीव्स, ब्लेजको स्लीव्सभन्दा लामो नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment