Comments Add Comment

नोकियाको कमब्याक: नयाँ स्मार्टफोन अब नेपाली बजारमा

कुनैबेला निकै लोकप्रिय रहेको मोबाइल फोन ब्राण्ड नोकिया पुनः नेपाली बजारमा आएको छ ।

फिचर फोनमाथि स्मार्टफोन हावी हुँदै जाँदा आफ्नो बजार हिस्सा गुमाएर ब्राण्ड नै बेच्नुपर्ने बाध्यतामा पुगेको नोकियाले स्मार्टफोन बजारमा आफ्नो महत्वपूर्ण हिस्सा कायम गर्ने लक्ष्यसहित आएको छ ।

यसअघि नै नोकिया फोनको बिक्रि प्रतिनिधि रहेको पारामाउण्ट इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्ट फोन र अविस्मरणीय नोकिया ३३१० उपलब्ध गराएको छ ।

यी मोडलहरुमा दुई वटा सिमका स्लटहरु रहेका छन् । साथै विश्वव्यापी रुपमा रुचाइएको विशुद्ध एन्ड्रोइड न्युगट अपरेटिङ्ग सिष्टम पनि रहेको छ, जसका कारण प्रयोगकर्ताले गुगलले जारी गरे लगत्तै तत्काल अपडेटहरुको लाभ पाउने छन् ।

नोकिया ३ को बजार मूल्य रु. १५,६५०, नोकिया ५ को मूल्य रु. २१,३५० र नोकिया ६ को मूल्य रु.२५,६०० निर्धारण गरिएको छ । सबैको मूल्य अपेक्षाकृत ग्राहकले खरीद गर्न सक्ने खालको छ । साथै नोकियाले आधिकारीक नोकिया केयर सेन्टर पनि विस्तारित गरेको छ ।

नोकिया ३ मोवाइल ५.० इन्च एच्डी डिसप्लेको रहेेको छ । यसमा क्वाडकोर १.३ गीगाहर्ज, २ जीवी र्‍याम, १६ जीवी इन्टरनल स्टोरेज रहेको छ । यसमा ८ एमपीको रियर क्यामेरा र ८ एमपीको फ्रन्ट क्यामेरा, प्योर एन्ड्रोइड न्युगट ओ.एस ७.० र २६३० एम.ए.एच् ब्याट्री राखिएको छ ।

नोकिया ५ मोवाइल ५.२ इन्च एच् डी डिस्प्ले, क्वालाकम स्नापड्रागन ओक्टा कोर १.४ गीगाहर्ज, २ जीवी र्‍याम, १६ जीवी इन्टरनल स्टोरेर्ज, पुर्ण एल्मुनियम बडी भएको हुनेछ । यसमा पनि १३ एमपीको रियर क्यामेरा, फिङ्गर प्रिन्ट स्क्यानर र ८ एमपीको फ्रन्ट क्यामेरा रहेको छ । यसमा प्योर एनड्रोइड न्युगट ओ एस् ७.१.१ र ३ं००० एम.ए.एच् ब्याट्री राखिएको छ ।

नोकिया ६ का विशेषताहरु निकै प्रभावपूर्ण छन् । यसमा ५.५ इन्च फुल एच्डी डिस्प्ले, स्नापड्रागन ४३० चिपसेट,ओक्टा कोर १.४ गीगाहर्ज, ३ जीवी र्‍याम, ३२ जीवी इनटरनल स्टोरेज रहेको छ । यसको पुर्ण एल्मुनियम बडीले गर्दा यो निकै आकर्षक देखिन्छ । यसमा ८ एमपी फ्रन्ट क्यामेरा र १६ एम.पी. रियर क्यामेराका साथ फिङगर प्रिन्ट स्क्यानर, प्योर एण्ड्रोइड न्युगट ओ एस् ७.१.१ र ३००० एम.ए.एच् व्याट्री जस्ता प्रभावशाली विशेषताहरु रहेका छन् ।

नोकिया फोन ९० को दशक देखि नै अति लोकप्रिय र चीरपरिचीत ब्रान्ड रहेको छ । ४ वर्षको अन्तरालपछि नोकियाले पुनः आगमन घोषणा गरे लगत्तै विश्वव्यापी रुपमा नोकिया फोनको माग बढेको छ । नोकियाले चाँडै नै उच्चतम प्रविधियुक्त नोकिया ८ पनि नेपाली बजारमा ल्याउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment