Comments Add Comment

बोगटानलाई ‘उज्यालो गाउँपालिका’ बनाइने

१८ साउन, डोटी । बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुुर गडसिला ‘एनान’ ले गाउँपालिकालाई ‘उज्यालो गाउँपालिका’ बनाउने घोषणा गरेका छन् ।

बोगटान गाउँ कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै बोगटानलाई ‘उज्यालो गाउँपालिका’ बनाउने एनानले घोषणा गरेका हुन ।

बोगटान गाउँपालिकामा स्थानीय जल बिद्युत आयोजना निर्माणका साथै केन्द्रीय लाइन बिस्तार गरेर निकट भविश्यमा उज्यालो गाउँपालिका बनाउने अध्यक्ष एनानले प्रतिबद्धता ब्यक्त गरे ।

बोगटान गाउँपालिकाको चवराचौतारा, सात्फरी र धिर्कामाडौंमा स्थानीय स्तरमा उत्पादन भई सञ्चालन भइरहेको छ ।

विद्युतीकरण हुन बाँकी रहेका गगुडा र कानाचौरमा केन्दीय लाइन बिस्तार गर्ने र सिमचौरका लागि जिमडे खुल्लेखोला जलबिद्यतु आयोजनाको काम तत्काल सुरु गर्ने एनानले योजना बनाएका छन । ‘गाउँ कार्यपालिकाको पहिलो बैठकले बोगटान बिकासको समग्र गुरु योजना निर्माण गर्ने निर्णय गरेको छ’ अनलाइनखबरसंग कुरा गर्दै एनानले भने, ‘बोगटान गाउँपालिकाको समग्र बिकास, आर्थिक समृद्धि र ब्यबस्थित योजना सञ्चालनका लागि बिषय बिशेषज्ञको परामर्श बैठक बोलाई गुरु योजना निर्माणको कार्य तत्काल थाल्ने निर्णय भएको छ ।’

गाउँपालिकाको काम शून्यबाट प्रारम्भ गर्नु पर्ने भएकाले गाउँपालिकाका अल्पकालिन तथा दीर्घकालिन योजना बनाई बोगटान बिकासको मार्गचित्र तयार गर्ने उनले बताए ।

सडकको पहुँचमा नरहेका वडाहरुलाई सडकको पहुँच पुर्‍याउने र गाउँपालिकाको केन्द्रसंग जोडेर सेवा प्रवाहमा सहजता ल्याउने उनको तयारी छ ।

गाउँपालिकाभित्रका बृद्ध, असाहय बालबालिकको तथ्यांक संकलन गरी प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने, कृषि क्षेत्रको बिकासका लागि कृषि उत्पादन क्षेत्रमा लगानी बृद्धि गर्न ‘ब्यबसायिक कृषि लगानी कोष स्थापना गर्ने, गाउँपालिकास्तरीय खेल मैदान निमार्ण गर्ने, स्वच्छ र सुरक्षित खानेपानीका लागि पहल गर्ने लगायतका २५ निर्णय गाउँ कार्यपालिकाको पहिलो बैठकले निर्णय गरेको उपाध्यक्ष भगबती बमले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment