Comments Add Comment

अवरुद्ध सिद्धार्थ राजमार्ग १६ घन्टापछि खुल्यो

१९ साउन, काठमाडौं । पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग १६ घन्टा पछि एकतर्फी सञ्चालनमा आएको छ ।

बुटवल पाल्पा सिद्धार्थ राजमार्गको तिनाउ गाउपालिका ३ दोभानमा पहिरो खसेपछि दुबैतर्फको बाटो ठप्प बनेको थियो ।

राजमार्गमा खसेको पहिरो फालेपछि बिहान ६ बजेदेखि एकतर्फी सवारी साधन चल्न थालेको प्रहरीले प्रहरीले जनाएको छ ।

अविरल वर्षासंगै दोभान प्रहरी चौकीदेखि २ मिटर अगाडि राजमार्गमा ठूलो पहिरो खसेको थियो ।

अविरल वर्षाले पहिरो पन्छाउन समय लागेपछि सडक ढिला गरी खुलेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलवाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखा“ची, बागलुङसम्म जाने यात्रुसँगै त्यसतर्फबाट बुटवलतर्फ जाने यात्रु रातभर बाटोमै अलपत्र परेका थिए ।

पहिरो पन्छाएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment