Comments Add Comment

सेभिङ क्रिमको विज्ञापन खेल्दा फँसे शाहरुख, अदालतले पठायो नोटिस

एउटा सेभिङ क्रिमको विज्ञापनमा अभिनय गर्दा शाहरुख समस्यामा परेका छन् । उनलाई भोपालको एउटा स्थानीय अदालतले नोटिस पठाएको छ ।

विशेष न्यायधिस काशीनाथ सिंहले एउटा निवेदनमाथि सुनवाई गर्दै शाहरुखसहित चार प्रतिवादीहरुलाई नोटिस जारी गरेको हो । सबैलाई २६ अगष्टमा अदालतमा उपस्थित भएर जवाफ दिन भनिएको छ ।

रिट निवेदनमा शाहरुखले उक्त सेभिङ क्रिमलाई नम्बर १ भनेर भ्रामक प्रचार गरेको अरोप लगाइएको थियो । निवेदकका अनुसार यो क्रिम लगाएपछि उनको छाला डढेको थियो र उनले सरकारी अस्पतालमा गएर उपचार गराएका थिए ।

निवेदक दिनेश पाण्डे भन्छन्, ‘मैले यो क्रिमको मध्यप्रदेश फुड एन्ड ड्रग विभागमा पनि जाँच गराएँ । जाँचबाट पत्ता लाग्यो कि यो त घटिया किसिमको क्रिम पो रहेछ ।’ उनले उक्त जाँचको रिपोर्ट अदालतमा पनि पेश गरेको बताएका छन् ।

अदालतले शाहरुख खान, मध्यप्रदेश फुड एन्ड ड्रग विभागका नियन्त्रक, एक स्थानीय पसले र सेभिङ क्रिमका मालिकलाई नोटिस पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment