Comments Add Comment

चितवन पुगेर रावलले भने-प्रधानमन्त्रीले के-के निरीक्षण गर्नुभएछ हेर्न आएँ

१९ साउन, चितवन । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले कांग्रेस माओवादी गठवन्धनको सरकारलाई ‘चरणे’ सरकारको संज्ञा दिएका छन् ।

भरतपुर बिमानस्थलमा प्रेस चौतारी चितवनले गरेको पत्रकार सम्मेलनमा रावलले विना कारण सरकारले स्थानीय चुनाव ३ चरणमा गरेको बताए ।

एमाले उपाध्यक्ष रावलले प्रदेश सभाको निर्वाचन र केन्द्रीय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्ने एमालेको धारणा रहेको बताए ।

‘एकैचरणमा प्रदेश र संसदको निर्वाचन होस् भन्ने एमालेको माग छ,’ रावलले भने, ‘तर सरकारले ढिलाढाला गरेर समय गुजार्ने षडयन्त्र गरेको छ ।’

भरतपुर महानगरपालिका वडा नः १९ को शुक्रबार हुने निर्वाचनका लागि पार्टीको योजना निर्माणका गर्न भन्दै एमाले उपाध्यक्ष रावल भरतपुर आएका हुन् ।

मौन अवधिमा किन भरतपुर आउनु भएको भन्ने प्रश्नमा रावलले भने, ‘प्रधानमन्त्रीले हिजो चितवनमा हिजो केके निरीक्षण गर्नुभएछ भनेर हेर्न आएको । प्रधानमन्त्री आउन हुन्छ भने विपक्षी नेता त यसै आइहाल्छ नि ।’

भरतपुर महानगरका एमाले मेयर उम्मेदवार देवी ज्ञवालीलाई छोरालाई पक्राउ गरेको सन्दर्भमा  टिप्पणी गर्दै एमाले उपाध्यक्ष रावलले सरकारले मतपत्र च्यात्नेहरूको संरक्षण गरेर त्यसको बिरोध गर्नेलाई जेल पठाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment